६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

जरबजस्ती करणी उद्योग मुद्दा लागेका २ जनाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

२ महिला स्वास्थ्य कर्मचारीलाई यौन दुर्व्यवहार पछि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भए लगत्तै फरार भएका शिवराज नगरपालिकाका आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेल र उनका एक साथीले प्रहरी समक्ष आत्म समर्पण गरेका छन ।

ललिता निवास प्रकरणमा काँग्रेस नेता विजय कुमार गच्छदार सहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अब अनलाइनबाटै

अब त्यसै प्रयोजनका लागि विभागमा भौतिकरुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ। यसअघि सोही कामका लागि दैनिक करिब एक हजार ५०० जना विभाग पुग्ने गरेका थिए।

चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

प्रधानमन्त्रीकाे निर्देशन आइसक्यो,सुन प्रकरणको अनुसन्धान हामी गर्छौं: सिआइबी प्रमुख बज्राचार्य

राजस्व अनुसन्धान विभागले फाइल पठाउने बित्तिकै अनुसन्धान सुरु गर्ने एआइजी बज्राचार्यले जानकारी दिइन्।

५२ करोड राजस्व सङ्कलन

कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९/८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई हजार सात सय ७३ फछ्र्यौट गरेको छ।

ट्राफिक अभियान उपलब्धिविहीन

ट्राफिक प्रहरीले फालो हटाए पनि यातायात व्यवसायीले पुनः जोडेका छन्, जसले ट्राफिक प्रहरीले सञ्चालन गरेको फालो हटाउने अभियान असफल पारिदिएका छन्। फालो हटाउने अभियान कडाइका साथ कार्यान्वयन नगर्दा पनि यातायात व्यवसायीले पुनः फालो जडान गर्न थालेका हुन्।

टेकुमा भगवती पाण्डेविरुद्ध प्रदर्शन गर्न पुगेका र प्रहरीबीच झडप (फोटोफिचर)

जिल्ला प्रहरीपरिसर घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अहिले टेकुको स्थिति तनावग्रस्त बनेको छ।

५२४ एम्पुल लागू औषधसहित दुई पक्राउ

मकवानपुर प्रहरीले अवैध लागू औषधसहित दुई जनालाई पक्रेको छ। ५२४ थान अवैध लागू औषध डाइजेपामसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ नम्बर वडाका १९ वर्षीय इमरान मन्सुर र वीरगञ्जकै १ नम्बर वडाका १९ वर्षीय सुनिल साह रहेका छन्।

‘पुड्के ओखेडाको घर भत्काएको घटना बंग्याइयो’

बझाङको घटना विषयमा अनेरास्ववियुले आइतबार बिहान बालुवाटारमा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ। घटनाको जानकारी पाएपछि दोषीउपर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको राष्ट्रिय दलित आयोगले जनाएको छ।

नयाँबसपार्कमा यात्रुको झोला तान्दा...

नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ।

भन्सार छलिएको सामान बरामद

गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टा भन्सारबाट छली गरी ल्याइएको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्