२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीकाे निर्देशन आइसक्यो,सुन प्रकरणको अनुसन्धान हामी गर्छौं: सिआइबी प्रमुख बज्राचार्य

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख एआइजी किरण बज्राचार्यले क्विन्टल सुन प्रकरणको अनुसन्धान सीआईबीले गर्ने बताएकी छिन्।

राजस्व अनुसन्धान विभागले फाइल पठाउने बित्तिकै अनुसन्धान सुरु गर्ने एआइजी बज्राचार्यले जानकारी दिइन्। 

बज्राचार्यले नागरिक न्यूजसंग भनिन्  ‘प्रधानमन्त्रीज्यूले निर्दैशन दिइसक्नु भएको छ, विभागले फाइल पठाएपछि अनुसन्धान सुरु हुनेछ।’, 

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उक्त सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिन निर्देशन दिएका थिए। सोहीअनुसार अब अनुसन्धान सीआईबीले अघि बढाउने भएको हो।

यही साउन ३ गते राजस्व अनुसन्धान विभागले करिब एक क्विन्टल सुन बरामद गरेको थियो।

प्रकाशित: १९ श्रावण २०८० ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App