२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चक्कु प्रहार गरी श्रीमतीको हत्या

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी-७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन्। प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ।

‘प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ’, प्रहरी निरीक्षक साउदले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटामै मृत्यु भएको हो।  

प्रकाशित: २० श्रावण २०८० ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App