३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जरबजस्ती करणी उद्योग मुद्दा लागेका २ जनाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

२ महिला स्वास्थ्य कर्मचारीलाई यौन दुर्व्यवहार पछि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भए लगत्तै फरार भएका शिवराज नगरपालिकाका आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेल र उनका एक साथीले प्रहरी समक्ष आत्म समर्पण गरेका छन । 

साउन १२ गते मुद्दा दर्ता भए पछि उनीहरु फरार रहँदै आएका थिए । प्रहरीले खोजी कार्यलाई तीव्र बनाए पछि पौडेल र उनका साथी भुवन पाण्डेय प्रहरीमा आफै उपस्थित भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जंग मल्लले बताए । साउन १२ गते २ महिला स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । साउन १० गते पौडेल र पाण्डेयले महिला कर्मचारीमाथि यौन दब्र्यवहार गरेको थिए ।

 यौन दुर्व्यवहारको आरोप लागे पछि प्रमुख पौडेललाई नगरपालिकाले साउन १२ गते नै जिम्मेवारीबाट हटाएको थियो । साउन १०  रात्रीकालाीन डिुयुटीका बेला मदिरा सेवन गरी २ महिला कर्मचारीमाथि  ती दुई जनाले यौन दुर्व्यवहार गरेका  थिए । मदिरामा मातिएका पौडेल र पाण्डेयले महिला कर्मचारीलाई कपडा खोल, यहाँ सुत लगायतका भन्दै अभद्र व्यवहार गरेको थिए ।

 गत साउन १ गते नै पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो । पक्राउ परेको दुवै जनालाई अदालतबाट म्याद थपी कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक मल्लले बताए ।  

प्रकाशित: २२ श्रावण २०८० ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App