६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

प्रहरी–कैदीबन्दी झडपमा १७ घाइते, २७ फरार (अपडेट)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार २२१ कैदीबन्दी फरार भएकोमा साँझसम्म १९४ जना पक्राउ परेका परेका छन्। २७ फरारको खोजी भइरहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।

प्रहरी परिसर काठमाडौँ र अपराध अनुसन्धानका प्रमुखहरूको अवधि नपुग्दै सरुवा

गृह मन्त्रालयले अवधि नपुग्दै दुई एसएसपीको सरुवा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसीको सरुवा गरेको हो।

पर्यटक प्रहरीलाई तालिम

पर्यटक प्रहरीको काम, कर्तव्य र जिम्मेवारीलाई व्यावहारिक र व्यवस्थित बनाइ कार्य क्षेत्रमा खटिएका कर्मचारीहरूको कार्य सम्पादनको स्तर उच्च बनाउने उद्देश्यले सुरू भएको पर्यटक प्रहरीको पहिलो समूहको तालिम सकिएको छ।

नेपाल मिक्स टिम विधामा पराजित

अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले हराउँदै ३–२ को नतिजासहित आफ्नो देशलाई उपाधि दिलायो।

ड्युटीमा खटिएका प्रहरीसहित तिन जना मृत फेला

शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।

ट्राफिक प्रहरीको लागुपदार्थ सेवन जाँच : ३ जना चालक नियन्त्रणमा

काठमाडौंको किर्तिपुर स्थित चोभारमा आज ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनमा शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ

शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो।

प्रहरी सरुवामा नयाँ मापदण्ड: अब होला भनसुनमुक्त?

जारी मापदण्डअनुसार सरुवा माग गर्दा प्रहरी कर्मचारीले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को अनुसूची १३ बमोजिमको फाराम भरी विद्युतीय माध्यम वा पत्रद्वारा सम्बन्धित कार्यालयमार्फत सरुवा गर्ने कार्यालयमा पठाउनुपर्नेछ।

यान्त्रिक अवस्था ठिक नभएका ४२ सवारी कारबाहीमा

काठमाडौँको किर्तिपुरमा आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

दुर्व्यवहार गरेको भन्दै प्रहरी निरीक्षक क्षेत्रीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

जन प्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव प्रसाद क्षेत्रीलाई कारबाही गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

आफ्नै संवेदनशील अंग काटेर अस्पताल पुगे एक युवा

मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

विमानस्थल अध्यागमन र भन्सारमा प्रहरी खटाउन प्रस्ताव

प्रधानमन्त्रीले सुरक्षा प्रमुखसहित दुई उपप्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री र मुख्यसचिवसँग बैठक राखेर विमानस्थलको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

सशस्त्र प्रहरीले वीरगञ्ज भन्सारमा बुझायो २४ करोडको समान

सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्