२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल मिक्स टिम विधामा पराजित

नेपालले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) रिजनल जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१५ मिक्स टिम विधाको उपाधिमा हार बेहोरेको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को कभर्डहलमा आइतबार भएको फाइनलमा श्रीलंकासँग ३–० ले स्तब्ध भएसँगै नेपालले यु–१५ मिक्स टिमको उपाधि जित्ने अवसर गुमाएको हो। ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी च्याम्पियनसिपमा श्रीलंकाले यसै विधाको यु–१७ उमेर समूहमा पनि सफलता प्राप्त गर्‍यो। नेपालले भने मिक्स टिमका सबै चुनौतीमा हार बेहोर्‍यो। बोइज् सिंगल्समा नेपालका सुविन श्रेष्ठ पराजित भए। उनले श्रीलंकाका सेनुथ सेथमिथा पेरेरालेसँग २१–१७, २१–१७ को स्कोरमा हार बेहोरेका हुन्।

नेपालले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) रिजनल जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१५ मिक्स टिम विधाको उपाधिमा हार बेहोरेको छ।

गर्ल्स सिंगल्समा पनि नेपालकी रिहाना शेरचनको चुनौती नेथ्मी रत्नायकेले २१–८, २१–१३ ले पार गरिन्। बोइज् डबल्समा पनि सौर्य महर्जन र सुविन श्रेष्ठले हार बेहोरेपछि थप प्रतिस्पर्धामा जान आवश्यक नै परेन।

यी दुईको जोडी केनेथ अरूगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीसँग २१–११, २१–१७ ले पराजित भएसँगै श्रीलंका उपाधिमा नाम लेखाउन सफल भयो। बंगलादेश र भुटान तेस्रो स्थानमा रहे। यसै विधाको यु–१७ तर्फ फाइनलमा भने श्रीलंकाले बंगलादेशमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै उपाधि उचाल्यो।

ब्वाइज सिंगल्समा बंगालादेशका एसएसएम उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले हराउँदै अग्रता लिए। श्रीलंकाले दोस्रो खेलमार्फत पुनरागमन गर्‍यो। गल्र्स सिंगल्समा रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले हराउँदै बराबरीको स्थितिमा ल्याएकी हुन्। तर, तेस्रो खेलमा बंगलादेशका राजोन मिया र एसएसए उल्लाहको जोडीले सफलता निकाल्दै २–१ को अग्रता लिए। यो जोडीले श्रीलंकाका हिरूका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले हरायो।

गल्र्स सिंगल्समा पनि नेपालकी रिहाना शेरचनको चुनौती नेथ्मी रत्नायकेले २१–८, २१–१३ ले पार गरिन्। बोइज् डबल्समा पनि सौर्य महर्जन र सुविन श्रेष्ठले हार बेहोरेपछि थप प्रतिस्पर्धामा जान आवश्यक नै परेन।

यद्यपि, श्रीलंकाले चौथो खेलमार्फत पुनरागमन गर्ने सहज अवसर पायो। गल्र्स डबल्समा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थिया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गर्‍यो। त्यससँगै खेल २–२ को बराबरीमा पुग्यो। अन्तिम तथा निर्णायक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले हराउँदै ३–२ को नतिजासहित आफ्नो देशलाई उपाधि दिलायो। यस विधामा भुटान र नेपाल तेस्रो स्थानमा रहे। 

प्रकाशित: ४ भाद्र २०८० ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App