६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

ट्राफिक प्रहरीको लागुपदार्थ सेवन जाँच : ३ जना चालक नियन्त्रणमा

काठमाडौंको किर्तिपुर स्थित चोभारमा आज ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ३ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।  

ट्राफिक प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका सुमो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ५ पदमपोखरीका २६ वर्षी विनोद पुलामी मगर,  स्याङ्जाको भिरकोट नगरपालिका प्रितम गुरुङ र प्रदेश  मोटरसाइकल चालक ललितपुरका सुमन नकर्मी रहेका छन्।  

नियन्त्रणमा लिएका ‍ तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त किर्तिपुरमा पठाईएको छ। नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त किर्तिपुरको  संयुक्त टोलिले आज‍ २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए। यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।  

सवारी साधन चलाउँदा  चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्न ट्राफिक प्रहरी आग्रह गरेको छ।  

प्रकाशित: १ भाद्र २०८० १५:५४ शुक्रबार

ट्राफिक प्रहरीको लागुपदार्थ सेवन जाँच : ३ जना चालक नियन्त्रणमा काठमाडौंको किर्तिपुर स्थित चोभार ट्राफिक प्रहरीले गरेको चेकिङ लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै