५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितुवाको निशानामा कलिला नानी

कात्तिक लागेपछि तनहुँको बन्दीपुर र ब्यास नगरपालिका क्षेत्रमा चितुवाको आक्रमण निकै नै बढेको छ। यो अवधिमा दुइजना बालबालिकाको ज्यान पनि गईसकेको छ। गत कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ की ११ वर्षिया बालिकाको चिुतवाको आक्रमणमा परेर ज्यान गएको थियो। मंगलबार बेलुकी ब्यास नगरपालिका–१२ छिर्कनका अर्का आठवर्षका बालकको पनि चितुवा आक्रमणमा ज्यान गयो। चितुवा आक्रमण बढ्दा बन्दीपुर र ब्यास नगरपालिकाको सिमा क्षेत्रका बासिन्दा त्रसित छन्।

काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो।

म्याग्दी बालगृहका बालबालिकाले लगाए सामूहिक भाइटीका

साहराविहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटिका लगाउने गरेका छन्। दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने, आशिष थाप्ने, विशेष गरी ठूला र सानाबीचको प्रेम र आत्मीयता बढाउने नेपाल बाल संगठनद्वारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबालबालिका अग्रसर छन्।

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो।

जन्मदर्ताको अभावमा विद्यालय नगइ सुँगुर गोठालो जान्छन् डोम बालबालिका

झण्डै घरसँगै टाँसिएको श्री माध्यमिक विद्यालय माइधिया मानपुर रहेको छ। तर दुई घर डोमका एक जना बालबालिका विद्यालयमा पढ्न जाँदैनन्। दुई घर डोम परिवारमध्ये एक हुन् बिरिन्दर मल्ली। बिरिन्दर मल्ली र उनकी श्रीमती सुनैना देवी मल्ली घरसँगै टाँसिएर रहेको विद्यालयमा सफाइको काम गर्छन्। विद्यालयको कर्मचारी भए पनि मल्ली परिवारका सन्तानले सोही विद्यालयमा पढ्न नपाएको दुखेसो गर्छन्।

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः उमा रेग्मी

‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन। यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ। यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’

बालविवाह रोकथाम अभियानमा आई एन एफ

हातमा सेतो झोला। झोला भित्र स्वास्थ्य सामग्री। बालबालिका बेहुला बेहुली होइनन् हाम्रा भविष्य हुन्। लेखिएको त्यो सन्देश हाे बुधवार खाँडाचक्र–१,२,३,४ र ११का स्वयंमसेवीका सहभागि एक कार्यक्रमको।

सर्पकाे टोकाइबाट एक बालिकाको मृत्यु

घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर रौतहटमा बालिकाको मृत्यु

घरमा नै घटना भएपछि बालिकालाई अस्पताल पुर्‍याउँदाचि कित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा मृतकका आफन्तलाई सहानुभूति दिन गरुडा नगरपालिका प्रमुख कन्थमनि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरी पुगेका थिए।

नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता

बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ का डिकबहादर खड्काको १४ वर्षे छोरी बेपत्ता भएकी हुन्। बिहान ७.३० भएको घटनापछि अहिले बेपत्ता बालिकाको खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका छन्।

श्रीलंकाका बालबालिकाका लागि अमेरिकाद्वारा तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग

संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलंकाका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ।

सोमालियामा बालबालिकाको संरक्षणका लागि आग्रह

सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ।

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ: मन्त्री रेग्मी

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो।

अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्