२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री

अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो।  

बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, विद्यालय झोला, टिफिन बक्सलगायतका सामग्री सहयोग गरिएको तानसेन शाखाका प्रबन्धक विष्णुप्रसाद भण्डारीले बताए। कर्मचारीले आफ्नो आम्दानीमध्येको केही रकम संकलन गरेर अनाथ तथा बेसहारा बालबालिकालाई सहयोग गरिएको बैंकले जनाएको छ। नेपालगञ्जको मानवसेवा आश्रम, दाङको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र, रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको बर्दघाटमा समेत विभिन्न सामग्री सहयोग गरेको छ।  

 सामाजिक कार्यसँगै बित्तिय कारोबार, साक्षरता कार्यक्रमलाई समेत प्रभावकारी रुपमा अगाडी बढाउँदै आएको छ। बैंक सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्य गरिरहेको छ।रासस

प्रकाशित: २३ श्रावण २०७९ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App