१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्पकाे टोकाइबाट एक बालिकाको मृत्यु

विषालु सर्पले डसेर सल्यानमा एक बालिकाको मृत्यु भएको छ। घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्पको टोकाइबाट कुपिण्डे नगरपालिका ३ खेतगारा औलबेसी निवासी कन्जरा विककी चार वर्षीय छोरी सृष्टि विकको मृत्यु भएको हो। जिल्लामा सर्पले डसेको उपचार सम्भव नभएको र बाहिर जानुपर्ने बाध्यताका कारण उनको अकालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७९ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App