१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

करेन्ट लागेर रौतहटमा बालिकाको मृत्यु

रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। नुहाउने क्रममा मोटरमा करेन्ट प्रवाह भइ दिनेश सहनीकी १४ वर्षीया छोरी अमरिका कुमारी सहनीको घटनास्थलमै मृत्यु भएको हो।

घरमा नै घटना भएपछि बालिकालाई अस्पताल पुर्‍याउँदाचि कित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा मृतकका आफन्तलाई सहानुभूति दिन गरुडा नगरपालिका प्रमुख कन्थमनि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरी पुगेका थिए। मृतक बालिकाको पोस्टमार्टम गराइएको छ।

नगर प्रमुख कलवारले मृतकका आफन्तलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रकाशित: १९ भाद्र २०७९ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App