४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बालविवाह रोकथाम अभियानमा आई एन एफ

हातमा सेतो झोला। झोला भित्र स्वास्थ्य सामग्री। बालबालिका बेहुला बेहुली होइनन् हाम्रा भविष्य हुन्। लेखिएको त्यो सन्देश हाे बुधवार खाँडाचक्र–१,२,३,४ र ११का स्वयंमसेवीका सहभागि एक कार्यक्रमको।  

कालिकोटको खाँडाचक्र नगरपालिकामा आई एन एफ नेपालले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धित स्वयंमसेवीकाहरुलाई दुई दिने तालिममा सहभागिको दृश्य हो।

कालिकोटमा लामो समयदेखि बालविवाह रोक्न गैरसरकारी संस्थाहरुले अभियान थालीरहेका छन्। आई एन एफ नेपालले पनि खाँडाचक्र नगरपालिकाको सबै वडामा ‘यौन तथा लैङ्गिक हिंसा अन्त्यको लागि बालविवाह रोकथाम गरौं।’ अभियान नै चालेको छ।

नगरपालिका भित्रका स्वयंमसेवीकाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य र बालविवाह रोकथामको लागि तालिम दिने गरेको छ। गाउँमा आम समुहलाई सक्रिय बनाई गाउँ-गाउँमा जनचेतनाको अभियाननै थालेको आइ एन एफ नेपालका परियोजना संयोजक दल बढाले  बताए।

उनले भने ‘खाँडाचक्र नगरपालिकाको समन्वयमा सबै वडाहरुमा कार्यक्रम थालेका छौं। यो हाम्रो सुरुवाती चरण हो।’ हामिले यौन तथा प्रजनन स्वास्थ्य र बालविवाह रोकथाम अभियानमा छौं। गाउँमा स्वयंमसेवीका र आमा समुहका महिलाहरुले पनि सहयोग गरेका छन्।’

प्रकाशित: २३ भाद्र २०७९ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App