६ आश्विन २०८१ आइतबार
image/svg+xml

चुरे चर्तिकला

संसद् विघटन गरेर यो सरकारले जनप्रतिनिधिबाट हुन सक्ने आलोचनालाई समेत बन्द गरेको छ। यही बेला तराईलाई वञ्जर बनाउने योजना गरिएको छ। यसलाई सरकारले तत्काल फिर्ता गर्नुपर्छ। ढुंगा, गिटी, बालुवा बेचेर चमत्कार गर्ने सोचमा भएको समस्या बेलैमा बुझ्नु जरुरी छ।

कला विकासमा कला शिक्षा

महत्वपूर्ण पक्ष हो, कला व्याकरण। यसमा ज्ञाता भइएन भने दिमागको कुरा क्यानभासमा ओर्लन सक्तैन। यसैले सजिलो बुझिने भाषामा भन्दा थ्यौरिटिकल भन्दा प्राक्टिकल विषयमा ज्यादा ध्यान दिनुपर्छ भन्ने सन्दर्भ निक्लन्छ। शिक्षा र सिकाइको कुरा उठाउँदा यो सही पनि हो।

लोककला भर्सेस आधुनिक कला

कतै कुनै राष्ट्रमा लोककलाको गहन अध्ययन अनुसन्धान भएको छ। यही लोककलाको सिलसिलेवार विकासको पृष्ठभूमिमा आधुनिक कलाको स्वरूप देखापरेको छ। कतै भने आफ्नै लोककलालाई सर्लक्कै पन्छाएर आयातित आधुनिक कला सगौरव प्रस्तुत हुन गएको पनि देखिएको छ। धेरैजसो ठाउँमा कलाको शैलीगत प्रभावको मात्रै सन्दर्भ देखापरेका छन्।

मुलुकलाई मध्यावधिमा धकेल्न खोज्नु निकृष्ट तथा गैर जिम्मेवार कार्यः जनमोर्चा

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपतिले विश्वासको मत र नयाँ सरकार गठन सम्बन्धी चालेको कदम असंवैधानिक तथा लोकतान्त्रिक मूल्यमान्यताका विरुद्ध रहेको जनाएको छ।

नेपालगन्जका युवकलाई ‘कन्जरभेसन अवार्ड’

नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी काफ्लेलाई बुधबार भर्चुअल प्रविधीमार्फत नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरिएको हो।

मध्यकालीन कला

काठमाडौं उपत्यकामा यति मठ–मन्दिर, स्तूप, विहार, मूर्ति बने कि यहाँका बासिन्दाभन्दा कला बढी बन्न पुगे। काठमाडौं उपत्यकाका तीन राज्यबीच लडाइँ झगडा भइरहँदा पनि प्रतिस्पर्धाका रूपमा कसले बढी र स्तरीय मठ–मन्दिर बनाउने भन्ने होडबाजी चलेको देखिन्छ। यो सकारात्मक होडबाजीले काठमाडौं उपत्यकामा यस्ता कला यथेष्ट मात्रामा बनेका छन्।

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना संक्रमण

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। श्रेष्ठसहित उनको परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो।

लिच्छविकालीन कला

प्राचीनकालमा देखिएका मूर्तिभन्दा लिच्छविकालका प्रस्तर मूर्ति विशेषतागत रूपमा भिन्न छन्। परिष्कृत रूपमा देखापरेका लिच्छविकालीन प्रस्तर मूर्तिभन्दा बेग्लै देखिएपछि अलि भद्दा प्रकारका मूर्तिलाई किरातकालका मूर्ति भन्ने प्रचलन बलियो भएको हो। सादा, चिल्लो र छरितो रूपमा बनेका प्रस्तर मूर्ति लिच्छविकालका खास विशेषता हुन्।

सडकलाई विद्युत्का पोल तगारो

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ३६ वटा सडक फराकिलो र कालोपत्रे गर्ने काम भइरहेको छ। संघीय, प्रदेश र स्थानीय सरकारमार्फत ४० करोड आठ लाख रूपैयाँमा निर्माण भइरहेका यी सडकमा पर्ने विद्युत्का पोल नहटाइँदा समस्या उत्पन्न भएको छ।

सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो: प्रदीप गिरी

'अहिले राष्ट्रिय सहमति आवश्यक छ,' उनले भने, 'यहाँ प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो। सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराउँछु।'

कला स्कुलिङको इतिवृत्ति

सामान्य सन्दर्भमा कला स्कुल र कला–स्कुलिङको अर्थ, भाषा र प्रक्रिया अलग–अलग हुन्छन् । सामान्यतः कला स्कुलले औपचारिक शिक्षा र कला स्कुलिङले अनौपचारिक शिक्षा बुझाउँछ ।

लोकल रक्सीलाई ब्राण्ड बनाउन सम्भव छ : मन्त्री उषाकला राई

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले लोकल रक्सीलाई ब्राण्ड बनाउने अभियान चुनौतीपूर्ण भएपनि सम्भव भएको बताएकी छन्।

कला प्रदर्शनीको प्रयोजन

बाह्य राष्ट्रका स्तरीय कलाका ग्यालरीले जोकसैको कला प्रदर्शन गर्दैनन्। निश्चित स्तर नपुगेका कलाकारले आफ्ना कला सामान्य पर्खालमा, बाह्य खुला ठाउँमा प्रदर्शन गरेर आफूलाई एक निश्चित स्तरमा पुर्‍याउँछ। आर्ट क्रिटिक, क्युरेटेरले जाँचीबुझी स्तरीय भएको ठहर गरेपछि मात्र यस्ता कला प्रदर्शन हुने गर्छ। नेपालमा भने यस्तो प्रचलन छैन।

व्यक्तिचित्र बनाउने होड

सोह्रौँ शताब्दीमा बनेको मोनालिसाको व्यक्तिचित्रलाई सर्वाधिक चर्चामा रहन सफल मानिन्छ । यसअघि यस्ता चित्र नबनेका होइनन् । तथापि गुणस्तरका हिसाबले र महँगो चित्रको रूपमा विश्वमा अहिले पनि यसको चर्चा छ । कला कसको हो भन्दा पनि कसले बनाएको हो भन्ने अवधारणा पश्चिममा सुरुवातदेखि नै बन्यो । यसर्थ पश्चिममा कला र कलाकार सम्मानित छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्