६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विवेकलाई चेस उपाधि

क्यान्डिडेट मास्टर विवेक लामाले शनिबार विष्णुबहादुर स्मृति अनलाइन चेस प्रतियोगिताको उपाधि जितेका छन्।ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल चरणमा नेपाल पूर्वच्याम्पियन बद्रीलाल नेपालीसँग बराबरी गरेर विवेकले कुल ९ अंक बटुल्दै उपाधि उचालेका हुन्। 

स्विस लिग प्रणालीअनुसार एघारौं चरणसम्म भएको खेलमा विवेकसँगै बद्रीलाल र क्षितिज भण्डारी तीनैले समान ९ अंक बटुलेका थिए। यद्यपि, प्रोग्रेसिभ अंकका आधारमा हाल रसियामा अध्ययनरत विवेक च्याम्पियन भए। बद्रीलाल दोस्रो हुँदा काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी तेस्रो स्थानमा खुम्चिए।  

क्षितिजले एघारौं चरणमा भक्तपुरका विक्रम चोकमीमाथि जित निकाल्दै ९ अंक नै बटुले पनि प्रोग्रेसिभ अंकका आधारमा तेस्रो स्थानमा सीमित भए। त्यस्तै फिडे मास्टर मनीष हमाल र क्यान्डिडेट मास्टर मिलन लामा क्रमशः चौथो र पाँचौं स्थानमा रहे। झापाका राजन सुवेदी, भक्तपुरका निकेन कुस्था, चितवनका सुमित पन्त र काठमाडौंका मिसन दाहाल छैटौंदेखि नवौं स्थानमा रहन सफल भए।

स्विस लिग प्रणालीअनुसार एघारौं चरणसम्म नै भएको महिलातर्फ वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले उपाधि सुरक्षित राखिन्। दोस्रो काठमाडौंका रिया श्रेष्ठ र तेस्रो कृपा अधिकारी जोशी भए। त्यसै गरी १७०० मुनि रेटेडमा नुवाकोटका जमिल अली, १५०० मुनिमा रेटेड रवीन्द्र लामा र भेट्रानतर्पm नेपाल पूर्वच्याम्पियन पुण्यमान कर्माचार्य उत्कृष्ट ठहरिए। प्रतियोगितामा कुल ९७ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: ९ जेष्ठ २०७८ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App