६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

माधव नेपालले लिएको बाटो सही छैनः अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्।

शंकर पोखरेलविरुद्ध अपहरण मुद्दा: सांसद् बिमला भन्छिन्- मलाई सिध्याउन खोज्नेलाई छोड्दिन

लुम्बिनी प्रदेशका सांसद बिमला खत्री ओलीले पोखरेलविरुद्ध बुटवल प्रहरीमा मुद्दा हालेकी हुन्। सांसद बिमलाले मुख्यमन्त्री पोखरेलसहित चार जनाले आफूलाई दाङबाट अपहरण गरेको र बुटवल पुर्‍याएर बन्धक बनाएर राखेको उल्लेख गरेकी छिन्।

लुम्बिनी प्रदेशः मुख्यमन्त्रीका एक महिना उपलब्धिविहीन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री भएको सोमबार एक महिना पुग्यो। गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका मुख्यमन्त्री केसीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् भने चालू आर्थिक वर्षका लागि बजेटसमेत ल्याउन सकेका छैनन्। यति मात्र होइन जनप्रतिनिधिमूलक संस्था संसद् पनि गतिहीन छ।

संसद् बैठक: दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन्।

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गरेका छन्।

विपक्षीलाई साथ लिएर अगाडि बढ्छुः मुख्यमन्त्री शाक्य

प्रदेश राजधानी हेटौंडामा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतमा विपक्षी पार्टीहरुसँगको राम्रो सम्बन्धका कारण समझदारीको प्रयास गरिने बताईन्।

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्तरुपमा हस्ताक्षर गरी जारी विज्ञप्ति सो जिकिर गरिएको छ।

प्रदेश १: मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ। बिहीबार विराटनगरमा विपक्षी गठबन्धन आबद्धदलहरूको बैठकले मुख्यमन्त्रीको नियुक्ति असंबैधानिक भएकाले तत्काल बदर गर्न माग गरेको हो।

प्रदेश १ का मुख्यमन्त्री आचार्य अल्पमतमा : राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने चेतावनी

गत शुक्रबारमात्रै मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार एक साता नपुग्दै अल्पमतमा परेको छ। बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेकपा एमालेका १० जना सांसदहरूले नयाँ पार्टी रोजेको सनाखत गरिसकेका छन्।

प्रदेश १ का १० सांसदले रोजे नेपालको पार्टी, मुख्यमन्त्री आचार्य अल्पमतमा

नेकपा एमाले प्रदेश १ का १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी: स्वास्थ्यराज्मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन्।

मन्त्रीमाथि बलात्कार आरोप: बर्खास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ

बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।

हृदयेश त्रिपाठी समूहले तत्काल नयाँ पार्टी खोल्दै

भदौ महिनसम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छाैँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्।

खेमा बदल्दा हातमा सत्ता

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि बिहीबार नै आचार्य एमाले प्रदेश संसदीय दलको नेता चयन भएका थिए। आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन मुख्यमन्त्री शेरधन राईले मार्गप्रशस्त गरेका हुन्। राईले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्यलागि ढोका खुलेको हो।

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई शोक

इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षीय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिँदा भीम आचार्य बिराटनगरमा मुख्यमन्त्री बन्ने तरखरमा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्