८ वैशाख २०८१ शनिबार
राजनीति

माधव नेपालले लिएको बाटो सही छैनः अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्। नेकपा एमालेले बिहीबार गरेको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले यतिबेला फुटको राजनीतिक होइन, जुटको एकजुटको सुदृढ राजनीति आवश्यकता रहेको बताएकी छन्।

'म भन्छु, माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीतिक होइन, जुटको एकजुटको सुदृढ राजनीति आवश्यकता छु,' बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी उनले भनिन्, 'माधव नेपाल हामी सबैको नेता हो। आज आफूले जीवन दिएको पार्टी चटक्क त्यागेर नयाँ जनमत सिर्जना गर्छु भन्नु सही हुन सक्दैन।'

नेतृ शाक्यले माधव नेपालले दुःख गरेर जन्माएको पार्टी भएकाले उनलाई एमालेमै फर्किन पनि आग्रह गरिन्।

प्रकाशित: ३१ भाद्र २०७८ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App