१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १: मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

बिहीबारको बैठकमा सहभागि प्रदेश १ का विपक्षी गठबन्धन दलका नेताहरू। तस्बिर: नागरिक

प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ। बिहीबार विराटनगरमा विपक्षी गठबन्धन आबद्धदलहरूको बैठकले मुख्यमन्त्रीको नियुक्ति असंबैधानिक भएकाले तत्काल बदर गर्न माग गरेको हो।

एमाले बिभाजन भैसकेको, निर्वाचन आयोगले सांसदलाइ दलरोज्न समय दिएको बेला बहुमत छ/छैन भन्ने परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरिएकाले  गठबन्धनले नियुक्ति बदरको माग गरेको हो। बैठकमा प्रदेश १ का विपक्षी गठबन्धनमा आवद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टीका नेताहरू सहभागि थिए। 

यस्तै अल्पमतमा परेको सरकारलाई महत्वपूर्ण निर्णय नगर्न पनि गठबन्धनको बैठकले माग गरेको छ। ‘प्रदेशसभामा बहुमत गुमाइसकेर अल्पमतमा परेको र असंबैधानिक तबरले नियुक्ति भएको सरकारले कुनै पनि दुरगामी असर गर्ने निर्णय नगर्न नगराउन सम्बन्धित सबैमा आग्रह गर्दछौं’  बैठक पछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ।  

 मुख्यमन्त्री आचार्यले भदौ १० गते नियुक्ति लिएका थिए। एमाले विभाजनताका प्रदेशका सासदहरु समाजवादी दलको पक्षमा  खुलेकै बेला नियुक्ति भएको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएको दाबी गर्दै आएको छ। एकिकृत समाजवादी दलका सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई पनि मुख्यमन्त्रीको नियुक्ति बदरको माग गर्दै  पत्र बुझाउने नेताहरूले बताएका छन्।

प्रकाशित: १७ भाद्र २०७८ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App