४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दमकमा स्वाव परीक्षणको तयारी

झापाको दमकमा कोरोना शंकास्पद बिरामीको स्वाव परीक्षणको तयारी थालिएको छ। अन्तर्राष्ट्रिय अप्रवास संगठन (आइओएम)को दमकमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालालाई प्रयोग गर्ने तयारी भएको हो।

डब्लुएचओको निर्देशिका अवरोध: विज्ञ

डब्लुएचओले संक्रमणको लक्षण देखिएका व्यक्तिको परीक्षण गर्न निर्देशिका जारी गरेको छ तर लक्षण नै नदेखिएका व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ।

खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोनाको नुमना परीक्षण नेगेटिभ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ। आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नुमना परीक्षण नेगेटिभ आएको पुष्टि गरेका हुन्।

कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गरिने

कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गरिने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो नियर्णय गरेको हो।

कोरोनाको आशंका गरिएका व्यक्तिको रिपोर्ट नेगेटिभ

बाजुरामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको नमुना रिपोर्ट नेगेटिभ आएको छ। परीक्षणका लागि काठमाडौं केन्द्रीय ल्याप प्रयोगशाला टेकुमा पठाइएको नमुना रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्।

रोल्पाका चार जनाको स्वाब परीक्षणका लागि पठाइयो

रोल्पाका अस्पतालको आइसोलेसनमा रहेका २ जना र क्वारेन्टाइनमा रहेका २ जना गरि ४ जनाको स्वाब परीक्षणका लागि बुटवल पठाइएको छ। प्रदेश मार्फत थप परीक्षणका लागि उक्त स्वाब काठमाडौ पठाइने छ। काठमाडौ ईट्टाभट्टा र भारतबाट रोल्पा आएका दुई जना रोल्पा अस्पतालको आइसोलेसनमा छन्। रोल्पा अस्पतालका डा. प्रकाश बुढाका अनुसार आइसोलेसनमा रहेका दुबैको स्वाब परीक्षणका लागि पठाइएको हो।

स्वाव परीक्षणका लागि धरान पठाइयो

गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाव) परिक्षणका लागि धरान पु-याइएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना शुक्रबार रात ९ बजे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएको हो।

कतारबाट फर्किएका एक जनाको स्वाब परीक्षणमा पठाइदै

गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको नमूना (स्वाब) संकलन गरेर परीक्षणमा पठाउने तयारी गरिएको छ।

ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ।

चिकित्सक लिएर गाउँ–गाउँ डुल्दै गाउँपालिका अध्यक्ष (फोटो फिचर)

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण फैलिन नदिन हेलम्बु गाउँपालिकाले गाउँ–गाउँ पुगेर स्थानीयको स्वास्थ्य परीक्षण र उपचार गरिरहेको छ। औषधिसहित गाउँ–गाउँ पुग्ने दुई चिकित्सकले सातादेखि स्थानीयमा रुघाखोकी र ज्वरो भए/नभएको परीक्षण गरिरहेका हुन्।

प्रदेश २ मै कोरोना परीक्षण सुरु

कोरोना भाइरस(कोभिड–१९) को नमुना परीक्षण शुक्रबारदेखि प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा सुरु भएको छ। संघीय सरकारले उपलब्ध गराएको पोर्टेबल पीसीआर मेसिन जडान भएसँग कोरोनाको परीक्षण प्रदेश २ मा सुरु भएको हो।

धनगढीमा कोरोना परीक्षण सुरू

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण सुरु भएको छ। अस्पतालमा पिसिआर मेसिन जडान पछि बिहिवार साँझ संकास्पद बिरामीको नमुना परिक्षण गर्न सुरु गरिएको अस्पताल आकस्मिक कक्ष प्रमुख चिकित्सक जगदिश जोशीले जानकारी दिए।

कर्णालीमै कोरोना परीक्षण सुरु

कोभिड–१९ अर्थात् कोरोना भाइरसको नमुना परीक्षण बिहीबारदेखि कर्णालीमा पनि सुरु भएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गतको प्रयोगशाला कालागाउँमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन जडान गरिएपछि उक्त रोगको परीक्षण कर्णालीमा सुरु भएको हो।

कर्णालीमै कोरोना परीक्षण सुरू

कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण बिहीबारदेखि कर्णालीमा पनि सुरू गरिएको छ। प्रदेश अस्पताल कालागाउँमा कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन जडान गरिएपछि रोगको परीक्षण कर्णालीमा सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्