७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

धनगढीमा कोरोना परीक्षण सुरू

धनगढी –  सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण सुरु भएको छ। अस्पतालमा पिसिआर मेसिन जडान पछि बिहिवार साँझ संकास्पद बिरामीको नमुना परिक्षण गर्न सुरु गरिएको अस्पताल आकस्मिक कक्ष प्रमुख चिकित्सक जगदिश जोशीले जानकारी दिए। 

मंगलवार नेपाली सेनाको हेलिकोप्टर वाट प्रयोगशालाको पीसिआर मेशिन लगायतका उपकरण ल्याइएकोमा बुधवारदेखी जडान कार्य सरु भएको थियो। प्रयोगशालाका मेशिन लगायतका उपकरणको जडान कार्य सकिएपछि बिहिवार साँझ वाट परिक्षण  भएको हो।

काठमाण्डौबाट  आएका बिज्ञ चिकित्सक श्रवण मिश्र, स्वास्थ्य मन्त्रालयवाट आएका मोलिकुलर माईक्रोबायोलोजिस्ष्ट सुनिल प्रसाद लेखक लगायतको टोलीले मेशिन जडान पछि बिहिवार साँझ संकास्पद बिरामीको थ्रोट स्वाव परिक्षण गरेका हुन।
यो मेसिनवाट जाँच गर्न ५० मिनेट लाग्ने र रिपोट आउन डेढ देखि दुई घण्टा लाग्ने जोशीले बताए। दिनमा ६ देखि ८ जनाको नमुना जाँच हुने उनको भनाई छ । २४ घण्टा काम गरेमा १२ जना सम्मको नमुना परिक्षण हुने उनको भनाई छ।

यसअघि स्थलगत यतायात र हवाई उडान बन्द हुदाँ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा नमुना पठाउन समस्या भएर संकास्पद बिरामीको नमुनाको रिपोर्ट आउन ३,/४ दिन कुनुपर्ने वाध्यता थियो। एम्वुलेन्समा नेपालगन्ज पठाएर त्यहाँबाट जहाजमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ नमुना पठाइने गरेको थियो। त्योपनि प्रत्येक दिन एम्वुलेन्सको व्यवस्था नभएर २/३ दिनको फरकमा हुदाँ नमुना पठाउन ढिलो हुने गरेको थियो।

सेती अस्पतालमा मात्र अहिले सम्म ३९ जनाको नमुना जाँचको लागी पठाइएको एब जनाको पोजेटिभ र २५ जना रिपोट नेगेटिभ आएको छ भने १३ जनाको आउन वाँकी रहेको छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राम प्रसाद ओझाका अनुसार सुदूरपश्चिमवाट अहिले सम्म जाँच गर्न ६४ वटा नमुना पठाइएकोमा ४३ जनाको रिपोट आएको छ। १ पोजेटिभ र ४२ नेगेटिभ आएको छ। २१ जनाको आउन वाँकी रहेको छ।

प्रकाशित: २० चैत्र २०७६ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App