४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतको ‘तबलिग जमात मकरज’मा १२ नेपाली

भारत सरकारको रिपोर्टअनुसार ‘तबलिगजमात मकरज’मा हिँडेका व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण भएर रोग समुदायमा फैलिने खतरा छ ।

परीक्षणपछि मात्र किट प्रयोग

सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका -यापिड टेस्ट–किटहरू स्वास्थ्य अनुसन्धान परिषद्बाट गुणस्तर अनुसन्धान गरेरमात्र वितरण गर्ने भएको छ। चीनबाट ल्याइएको ७५ हजार थान -यापिड किटका विषयमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न लागेको हो।

बुधबारसम्म १ हजार १ सय ३३ जनाको कोरोना परीक्षण

कोभिड १९ को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिए।

बुधबारसम्म ११ सय ३३ काे कोरोना परीक्षण, ९९ जना आइसोलेसनमा

कोभिड-१९ को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्। उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए।

सातवटै प्रदेशबाट परीक्षण शुरु

उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ। मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ।

सिंगापुरबाट फर्केका युवाको रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका उदयपुरका अर्का युवाको पनि स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ। सिंगापुरबाट नेपाल भित्रिएका त्रियुगा नगरपालिका ६ जलजलेका ३५ वर्षीय विजय चौधरीको स्वाब (खकार)को परीक्षण रिपोर्ट नेगेटिभ आएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ।

चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त  तनावमा

झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ।

र्‍यापिड किट प्रयोग मापदण्ड विपरीत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि र्‍यापिड किट प्रयोग नगर्न आग्रह गरेको छ। मन्त्रालयले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका किटहरु प्रयोग नगर्न आग्रह गरेको हो।

प्रदेश १ मा कोरोना परीक्षणको दर बढ्यो

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला स्थापना भएपछि प्रदेश १ मा कोरोना परीक्षण दर थोरै बढेको छ।

स्थानीय तहले कोरोना परीक्षण ल्याब स्थापना गर्ने

जिल्ला समन्वय समिति लगायत डडेल्धुराका दुई नगरपालिका र पाँच वटा गाउपालिकाको आर्थिक सहयोमा कोरोना भाईरसको नमूना परीक्षण गर्ने ल्याब स्थापना गरिने भएको छ।

जुम्लाका चार जना बिरामीको ‘स्वाब’काठमाडौ पठाइयो

जुम्लामा कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परीक्षणका लागि ‘स्वाब’ काठमाडौं पठाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिनदेखि आइसोलेसनमा भर्ना भएका दुई जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चार जनाको ‘स्वाब’ नमुना परीक्षणका लागि काठमाडौं पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए।

अनुभुति: कोरियामा कोरोना परीक्षण

कुरा १ मार्चको हो, दक्षिण कोरियाको सउलमा झम-झमपानी परिरहेको थियो र बाहिरको तापक्रम ५ डिग्रीको आसपास थियो। चिसो कफी र चिसो दहीको पारखी म, सदाझैं त्यो दिन पनि मैले सामान्यतया झैँ चिसो दहि खाए। खाएको केहि घण्टामै घाँटी खसखस गर्दै थियो। साधारण हो भन्ठानेर सुत्ने बेला सँधै झैं तातो पानी पिएर सुतें।

समाजमा संक्रमण रोक्ने उपायः पहिचान, निगरानी र परीक्षण

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला छ। दक्ष जनशतिm, पुर्वाधार र उपकरण अभावमा कोभिड –१९ को नमूना संकलन केन्द्रमा सीमित यस प्रयोेगशालालाई परीक्षण प्रयोगशालाको रुपमा स्थापना गर्ने संघीय सरकारको निर्णयले यस भेगमा सकारात्मक आशा जगाएको छ।

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री प्रदेश–प्रदेशमा पठाइने

नेपाल सरकारले विभिन्न कम्पनीबाट खरिद गरेका र चिनियाँ दूतावासलगायत संघसंस्थाबाट अनुदान सहयोगमा प्राप्त स्वास्थ्य सामग्री प्राप्त गरेको छ। ती स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा पठाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्