४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्थानीय तहले कोरोना परीक्षण ल्याब स्थापना गर्ने

डडेल्धुरा - जिल्ला समन्वय समिति लगायत डडेल्धुराका दुई नगरपालिका र पाँच वटा गाउपालिकाको आर्थिक सहयोमा कोरोना भाईरसको नमूना परीक्षण गर्ने ल्याब स्थापना गरिने भएको छ। संघीय सरकार मातहतमा रहेको सुदूरपश्चिमको एक मत्रै सुविधा सम्पन्न भनिएको नौ वटै जिल्लाको केन्द्र मानिले डडेल्धुरा अस्पतालमा कोरोना भाईरस कोभिड –१९ परिक्षण  गर्ने ल्याब स्थापना गरिने भएको हो।

संसार भर कोरोनाको संक्रमण फैलदै गर्दा आम नगरिकहरुमा त्रासको भय हुँदा समेत संघीय र सुदूरपश्चिम सरकारले सुविधा सम्पन भनिएको अस्पतालमा कोरोना भाईरसको जांच गर्न समेत ल्याब राख्न व्यवास्ता गरेपछि स्थानीय तहहरुले योजना बाट रकम रकमान्तर गरि कोरोना भाईरस जांच गर्ने सहमति गरेका छन्। ल्याब स्थापनाका लागि संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ।

कोरोना परीक्षण ल्याव निर्माण गर्न स्थानीय तहहरुको बैठकमा सात वटै स्थानीय तहले २० लाखका दरले रकम उपलब्ध गराउने र बाँकी रकमका लागि निजि क्षेत्रलाई सार्वजनिक अपिल गर्ने प्रस्ताव गरिएको जिल्ला सदरमुकामको अमरगढि नगरपालिका प्रमुख विशेश्वर प्रशाद ओझाले बताए। 

यस्तै सात वटै स्थनीय तहका ५२ वटा वडाबाट २ लाखका दरले, सात वटा स्थानिय तह ५/५ लाखका दरले र बांकिका लागि निजी क्षेत्रलाई सार्वजनिक अपिल गर्ने, जिल्ला समन्वय समितिमा रहेको संयुक्त कोषबाट १ करोड, सात वटै स्थानीय तहको ५र५ लाख र बाँकीका लागि निजी क्षेत्रलाई सार्वजनिक अपिल गर्ने प्रस्ताव गरिएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा जिल्ला सम्न्वय समिती प्रमुख, सत वटै स्थनीय तहका प्रमुख तथा अध्यक्ष लगएत सरोकरवालाहरुको सर्वपक्षीय बैठकले ल्याब स्थापना गर्न आवश्यक सहयोग र बजेटका लागि सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कर्यालय, सामाजिक विकास मन्त्रालय बोधार्थ राखी संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको छ।

डडेल्धुरा अस्पतालमा अहिलेसम्म रुघाखोकी लागेका दुई जनाको स्वाव कोरोना भाईरसको परीक्षणका लागि काठमाडौं पठाइएको छ। अमरगढी नगरवासी दुई जना भारतको महाराष्ट्र बाट घर आएका हुन्। 

डडेल्धुरामा अहिले पनि भारतबाट आउनेहरुको क्रम जारी छ। भने दुई हजार बढिको संख्यामा भारत बाट मात्रै घर फर्किएकाहरु पनि क्वरेन्टाईनमा बसेका छैनन्। यस कारण यहाका स्थनीयहरुमा कोरोना संक्रमण फैलने संत्रास छ।

प्रकाशित: १८ चैत्र २०७६ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App