४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता

झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ।

डोल्पामा ६१ जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ

डोल्पामा हालसम्म ६१ जनाको कोरोना भाइरस (कोभिड– १९) आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु

सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ।

ताप्लेजुङमा १ सय १३ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

ताप्लेजुङमा अहिले सम्म गरिएको १ सय १३ जनाको आरडीटी टेष्ट परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ । बिहीबार मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङमा गरिएको १७ जनाको परीक्षण रिपोर्ट नै नेगेटिभ आएको छ । बुधबार जिल्ला अस्पतालमा थप ४ जनाको परीक्षण गरिएकोमा यो रिपोर्ट पनि नेगेटिभ आएको छ । यो संगै अहिले सम्म गरिएका आरडीटी परीक्षणको सबै रिपोर्ट कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

लकडाउनको एक महिना पुग्दा बल्ल कोरोना परीक्षण प्रयोगशालाका लागि अध्ययन थालियो

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा संक्रमण फैलन नदिन गरिएको लकडाउनको एक महिना पुग्दा डडेल्धुरामा परिक्षणका लागी प्रयोगशाला स्थापना गर्न बल्ल अध्ययन थालिएको छ । सुदूरपश्चिम प्रदेशको मध्यभागमा रहेको डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको हो ।

उदयपुरको शिवाई बस्तीमा परीक्षण हुँदैे

जिल्लामा पहिलो पटक १२ भारतीयसहित १६ जना धर्म प्रचारक संक्रमित उदयपुर प्रवेश गरेको स्थान चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरको शिवाईमा बिहीबार स्वाब संकलन गरिदैछ । जोगवनी नाकाबाट नेपाल प्रवेश गरी मोरङ, सुनसरी र सप्तरीका बिभिन्न मस्जिद हुँदै पहिलो पटक उदयपुर प्रवेश गरी बसेको शिवाईमा पनि संक्रमण हुनसक्ने आशंकाले स्वाब संकलन गर्न लागिएको हो ।

जाजरकोटमा तीन सय १० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण रोक्नका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा अहिले सम्म भारत लगाएतका तेस्रो मुलुकबाट जाजरकोट भित्रिएका कोहि व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको पाइएको छ ।

काठमाडौबाट गाउँ आएकाहरुको पनि स्वास्थ्य परीक्षण सुरु

दोलखाको गौरीशंकर गाउँपालिका १ र २ जुँगुमा राजधानी काठमाडौ उपत्यकाबाट आफ्नो गाउँ गएकाहरुको स्वास्थ्य जाँच सुरु गरिएको छ । साविक जुँगु गाविसमा पर्ने गौरीशंकर गाउँपालिकाका यी दुवै वडाहरुमा लकडाउनका बखत राजधानी काठमाडौबाट गाउँ फर्किएकाहरुको स्वास्थ्य जाँच गरिएको जुँगु स्वास्थ्य चौकीकी इन्चार्ज ईन्दिरा खड्काले जानकारी दिईन्।

कोरोना आशंका गरिएका ८ जनाकाे आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ

भारतबाट फर्केका कोरोना आशंका गरेका ८ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जगदुल्ला गाउँपालिका भर भएर भारतमा मजदुरी गरेर फर्केका ८ जना र थप एक जना गरि ९ जनाको आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ भेटिएको हो ।

प्रतिष्ठानलाई संघीय सरकारको अड्को : कोरोना परीक्षण मेशिन दियो, किट दिएन

जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई संघीय सरकारले कोरोना परीक्षणका लागि मेशिन उपलब्ध गराएपनि किट भने दिन अस्विकार गरेको छ । संघीय सरकारको यहि अड्कोका कारण प्रतिष्ठानले सोमबार किट बिनाको कोरोना परीक्षण मात्रै झार्नु पर्‍यो ।

ताप्लेजुङमा मंगलवार सम्म ९२ जनाको आरडीटी परीक्षण, सबैको रिर्पोट नेगेटिभ

जिल्लामा अहिले सम्म गरिएको ९२ जनाको आरडीटी टेष्ट परीक्षणको सबै नतिजा नेगेटिभ आएको छ। मंगलवार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा गरिएको ४ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको त्यहाँकी ल्याव असिष्टेन्ट बिनिता थाम्सोहाङले जानकारी दिईन्।

काठमाडौँमा परीक्षण गराउने बढ्दै

सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन्।

कोभिड–१९ परीक्षणमा अनिश्चितताको हद !

हामीसँग कोभिड–१९ को टेस्टमा यसको विकल्प उपलब्ध भइसकेको छैन । ‘खाए खा, नखाए घिच !’ भने जस्तै जे छ त्यसैबाट काम चलाउनुपर्ने बाध्यता हामीलाई आइलागेको छ ।

देशभर ३३ हजार बढीको कोरोना परीक्षण

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्