२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदेश नं १ मा तीन हजार २६८ को परीक्षण

विराटनगर - प्रदेश नं १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ। प्रदेश सरकारले दु्रत परीक्षण विधि (आरडिटी) र थ्रोट स्वाब (पिसीआर) विधिबाट उक्त परीक्षण गरेको हो। परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट दुई हजार ६०९ र स्वाब (पिसीआर) बाट ६५९ जना रहेका छन्। विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधिबाट नमूना परीक्षण गरिन्छ।

प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा बसेकाको आरडिटी विधिबाट स्थलगतरूपमा परीक्षण गरिरहेको  मुख्यमन्त्रीको कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ।प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या सोमबारसम्म ८२५ पुगेको छ भने १० घर फकिएका छन्। यस्तै आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा आठ महिलासहित ३५ बसिरहेका छन् । होम क्वारेन्टाइनमा चार हजार ३४३ जना बसिरहेका छन्। रासस

प्रकाशित: ९ वैशाख २०७७ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App