५ आश्विन २०८१ शनिबार
image/svg+xml

२६ दिनसम्म पनि आएनन् शव

इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजना विद्यार्थीको शव २६ दिन बित्दा पनि आफन्तले पाएका छैनन् । समयमै शव पहिचान हुन नसक्दा पाँचजनाको शव इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छैन ।

गुटेरेस फर्के, दलहरू जुटे

इजरायल र प्यालेस्टाइन तथा युक्रेन र रुसबीचको टकरावले विश्वयुद्धको आशंका भइरहेका बेला गुटेरेसले गौतम बुद्धको जन्मभूमि भ्रमण गरी विश्व शान्तिको सन्देश प्रवाह गरेका छन् ।

नेपालको कृषि उत्पादन वृद्धिमा कोरिया

नेपालको कृषि क्षेत्र विकासका लागि कोरिया सरकारको सहयोग निरन्तर जारी रहने तथा यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा भूमिका निर्वाह गर्न सम्झौतामा हस्ताक्षर भएको स्मरण गराउन चाहन्छु।

विद्रुप वर्तमान

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालमा भ्रष्टाचार न्यूनीकरणका लागि स्थापित शक्तिशाली निकाय हो। जसले सार्वजनिक पदमा बसेर अख्तियार दुरूपयोग गरेमा अनुसन्धान गर्छ र कारबाहीको प्रक्रिया चलाउँछ।

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन्।

जसपा नेपाल ललितपुरको अध्यक्षमा महर्जन

जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ।

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।

एमाले चियापनको निम्तो पाएका समाजवादीका अध्यक्ष नेपाल रौतहट पुगे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट पुगेका छन्। नेकपा एमालेले उनलाई बुधबारको चियापन कार्यकममा निम्तो दिएको थियो। तर नेपाल रौतहट पुगेका छन्।

महासचिव गुटेरेस आज १०ः १५ को फ्लाइटमा न्युयोर्क फर्किँदै

नेपालको चारदिने औपचारिक भ्रमण सकाएर उनी आज कतार एयरवेजको उडानमार्फत न्युयोर्क फर्किने छन्

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।

हिमाली भूमिको मोहनी र महायात्रा

म आधुनिक हिमाली पर्वतारोहणसँगै हुर्केबढेको मान्छे हुँ । नेपालको पर्वतारोहण र पदयात्रालाई आरम्भकालदेखि नै देखे–भोगेको र डोर्याएको छु । तर, म आफूलाई ‘बुढो भएको’ भन्न रुचाउन्नँ ।

‘सचिव र बिचौलिया उस्ताउस्तै’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारका सचिवहरू बिचौलिया जस्ता भएकाले सुशासनमा कमी आएको दाबी गरेको छ ।

गुटेरेसको नेपाल सन्देश

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टिनिओ गुटेरेसले यस वर्षको अन्तमा आयोजना हुन गइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) को पूर्वसन्ध्यामा नेपाल भ्रमण गरेर जलवायु परिवर्तनले स्थानीय समुदायको जीवन र जीविकामा पारेको प्रभावबारे स्थलगत अध्ययन गरेका छन्।

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्