२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतलेको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो।

अब काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ।

यस्तै इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्यमा प्रति लिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्यमा प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ।

तर आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८० १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App