२८ माघ २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ। मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो। समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा  लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिए।  

मालिका गाउँपालिकाले सात लाख ७६ हजार अनुदान सहयोग गरेको भवन निर्माणका लागि समूहले देउसीभैलो र चन्दा सङ्कलन गरेर जुटाएको थप रु दुई लाख २३ हजार खर्च भएको उनले जानकारी दिए।  

बिम–मालिका सङ्घको सहयोगमा २०७७ साल का पहिरोपीडितको लागि एकीकृत बस्ती स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गरेका छन्।  

प्रकाशित: १५ माघ २०८२ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App