५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले चियापनको निम्तो पाएका समाजवादीका अध्यक्ष नेपाल रौतहट पुगे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट पुगेका छन्। नेपाल जिल्ला कमिटि रौतहको शुभकामना आदानप्रदान कार्यक्रमका लागि त्यहाँ पुगेका हुन्।

नेकपा एमालेले उनलाई बुधबारको चियापन कार्यकममा निम्तो दिएको थियो। तर नेपाल रौतहट पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र समाजवादीका अध्यक्ष नेपालबिच पार्टी विभाजन भएदेखि नै सम्बन्ध चिसिएको छ। उनीहरुले एक अर्कालाई सार्वजनिक कार्यक्रममा आरोप लगाउने व्यङ्ग्य गर्ने गर्छन्। 

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा अहिले चियापन कार्यक्रम भइरहेको छ। चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरु सहभागी छन्। 

प्रकाशित: १५ कार्तिक २०८० ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App