५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।

प्रदेश सरकार अल्पमतमा

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो।

सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल पुनर्गठन

सुदूरपश्चिम प्रदेश सरकारको मण्त्रीमण्डल विस्तार तथा जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार प्रदेश सरकारमा ५ मन्त्री र ४ राज्यमन्त्रीलाई नियुक्त गरेका छन । नियक्त मन्त्रीहरुले शुक्रवार नै पद तथा गोपनियताको सपथ खाएका छन । आर्थिक मामिला मन्त्रीमा एमालेका प्रकाश बहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमालेका पुर्णा जोशी, भौतिक पुर्वाधार विकास मन्त्रालयमा दिर्घ सोडारी, समाजिक विकास मन्त्रालयमा एमालेका लालबहादुर खड्का नियुक्त भएका छन । मन्त्री शाह यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

सुदूरपश्चिम प्रदेशः एमालेद्वारा तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले सरकारबाट फिर्ता हुने पार्टीको निर्णय अवज्ञा गरेको भन्दै तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ।

सुदूरपश्चिम प्रदेशः एमालेका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन लिखित निर्देशन

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका तीन मन्त्रिलाई फिर्ता हुन लिखित निर्देशन दिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले आन्तरिक मामलिा तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट र समाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन बेग्ला बेग्लै लिखित पत्र पठाएर निर्देशन दिएका छन् ।

प्रदेश सरकारको समर्थन पछि एमाले संसदिय दलको बैठक सुरु

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढीमा सुरु भएको छ। एमाले पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारका बारेमा छलफल गर्न संसदिय दलको बैठक बसेको बताइएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई माधव पक्षका सासंदहरुको समर्थन रहदै आएको थियो। एमालेको सोमवार वसेको स्थाई कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

सुदूरपश्चिममा कोराेनाः २५ देखि २९ वर्षका युवा सबैभन्दा बढी संक्रमित

दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले बालबालिका पनि बढी संक्रमित भएका छन् । ४ वर्षमुनिका १ सय २५ बालबालिका संक्रमित भएका छन् । यसैगरि ५ वर्षदेखि ९ वर्षका २ सय ६ र १० देखि १४ वर्षका ३ सय ४५ बालबालिका संक्रमित भएका छन् । १५ देखि १९ वर्षका ७ सय ६० किशोर किशोरी संक्रमित भएका छन् ।

सुदूरपश्चिममा काेराेनाः निषेधाज्ञामा पनि बढ्दो संक्रमण

सुदूरपश्चिममा वैशाखको सुरुवातसँगै देखापरेको कोराेनाको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै विकराल रूप लियो। संक्रमण तीव्र रूपमा फैलिएसँगै जटिल प्रकृितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि वैशाख १६, १७ गतेदेखि कैलाली कंचनपुर लगायत सुदूरपश्चिमका प्रायःजसो जिल्लामा निषेधाज्ञा लागु गरियो।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सुदूरपश्चिममा एकैदिन ३० जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले शुक्रवार एकैदिन ३० जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा एकैदिन ३१ संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोरानाको नयाँ भेरियन्टको संक्रमणले मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ ।

सुदूरपश्चिममा एकैदिन १८ को मृत्यु, हजार बढी नयाँ संक्रमित थपिए

सुदूरपश्चिममा दोश्रो लहरको नयाँ भेरियन्टसहितकाे कोराेना संक्रमणले मृत्यु हुनेको संख्या बढ्दै गएको छ। सुदूरपश्चिममा कोराेना संक्रमणले आइतबार एकैदिन १८ जनाको मृत्यु भएकाे छ।

सुदूरपश्चिममा कोराेना संक्रमणकाे अवस्था भयावहः १० दिनमा १ सय १६ को मृत्यु

सुदूरपश्चिममा कोराेना भाइरसकाे नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। सुदूरपश्चिममा संक्रमणले मृत्यु दर बढ्दै गएको छ। यहाँ कोराेना संक्रमणले पछिल्लो १० दिनमा १ सय १६ जनाको ज्यान गएको छ।

सुदूरपश्चिममा एकै दिन १७ जनाको मृत्यु (अपडेट)

सुदूरपश्चिममा एकै दिनमा मृत्यु भएको यो संख्या अहिले सम्मकै सर्वाधिक हो। यस अघि बैशाख २० गते सोमवार एकै दिन १४ जनाको मृत्यु गएको थियो। स्वास्थ्य निर्देशनालयका अनुसार बिहिवार कन्चनपुरमा ८ , कैलालीमा ६, बझाङमा १, अछाममा १ र दार्चुलामा १ गरि १७ जनाको संक्रमितको संक्रमणले मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्