८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश सरकारको समर्थन पछि एमाले संसदिय दलको बैठक सुरु

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदिय दलको बैठक धनगढीमा सुरु भएको छ। एमाले पार्टीले प्रदेश सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश सरकारका वारेमा छलफल गर्न संसदिय दलको बैठक वसेको बताइएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई माधव पक्षका सासंदहरुको समर्थन रहदै आएको थियो। एमालेको सोमवार वसेको स्थाई कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। भने प्रदेश सरकारमा भएका मन्त्रीहरुलाई सरकारवाट फिर्ता वोलाएको थियो। एमाले पार्टीको स्थाई कमिटीको निर्णय पछि सुदूरपश्चिम प्रदेशमा एमाले संसदिय दलको बैठक वसेको हो। 

माओवादी केन्द्रको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने धारणा राख्दै आएका माधव पक्षिय सासंदहरुको बहुमत रहेको आजको संसदिय दलको बैठकलाई चासोको साथ हेरिएको छ। सुदूरपश्चिम प्रदेश शभामा ओली पक्षिय सांसद अल्पमतमा छन्। एमालेमा बहुमत सासंद रहेको माधव पक्षको समर्थनकै कारण यसअघि प्रदेश सरकारलाई असर परेको थिएन । प्रदेश सरकारमा मुख्य मन्त्री र एक मन्त्री गरि दुई माओवादी केन्द्र र ३ मन्त्री एमालेका छन्।  

नेकपामा ओली पक्ष र प्रचण्ड माधव पक्ष बिच राजनितिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते हटाएका थिए। ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीवाट प्रदेश शभा सदस्य निर्वाचित भएका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले पुस २२ गते मन्त्रीपदवाट राजिनामा दिएका थिए। दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त अहिलेसम्म गरिएको छैन।

सर्वोच्व अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई व्युताईदिएपछि सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भयो र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परे। त्यसपछि ओली पक्षले प्रदेश सरकार बदल्ने कोशिस गरेपनि सासंदको संख्या कम भएको र माधव पक्षको प्रदेश सरकारलाई समर्थन भएकाले संभव हुन सकेको थिएन।  

संसदिय दलका नेता प्रकाश बहादुर शाह, प्रमुख सचेतक तारालामा तामाङ माधव पक्षका भएकाले यस अघि ओली पक्षले सरकारको समर्थन फिर्ता लिने बिषयमा छलफल गर्न चाहेर पनि संसदिय दलको बैठक वस्न सकेको थिएन।  सुदूरपश्चिम प्रदेश शभामा नेकपा एमालेवाट २५ प्रदेश शभा सदस्य छन्। यि मध्य ६ जना सासंद ओली पक्षतिर खुलेका थिए।  

५३ सदस्य रहेको प्रदेश शभामा नेकपा माओवादी केन्द्र वाट १३ सासंद रहेका छन्। ओली पक्षमा लागेकाले माओवादी केन्द्रवाट निर्वाचित झपट वोहरा सासंद छैनन् । नेपाली काग्रेसवाट १२ र जसपाका २ जना प्रदेश शभा सदस्य छन्। माओावादीलाई सरकार टिकाउन नेपाली काग्रेस र सजपा दुवै पार्टीको समर्थन आवश्यक पर्ने छ।  

प्रकाशित: १२ जेष्ठ २०७८ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App