७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुदूरपश्चिम सरकारको मन्त्रीमण्डल पुनर्गठन

स्थायी कमिटीको निर्णय विपरित सरकारमा एमालेका थप मन्त्री

नयाँ नियुक्त मन्त्री प्रदेश प्रमुख गंगाप्रसाद यादवबट सपथ खाँदै । तस्विरः दिलबहादुर छत्याल

सुदूरपश्चिम प्रदेश सरकारको मण्त्रीमण्डल विस्तार तथा जिम्मेवारी हेरफेर गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार प्रदेश सरकारमा ५ मन्त्री र ४ राज्यमन्त्रीलाई नियुक्त गरेका छन् । नियुक्त मन्त्रीहरुले शुक्रबार नै पद तथा गोपनियताको सपथ खाएका छन् । 

आर्थिक मामिला मन्त्रीमा एमालेका प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमालेका पुर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्रालयमा दिर्घ सोडारी, समाजिक विकास मन्त्रालयमा एमालेका लालबहादुर खड्का नियुक्त भएका छन् । मन्त्री शाह यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । उनले दिएको राजीनामा स्विकृत गरेर शुक्रबार नै नयाँ मन्त्रीमा नियुक्त गरिएको हो । भने अन्य ३ नयाँ मन्त्री थपिएका हुन् । 

यसैगरि माओवादी केन्द्रका मानबहादुर धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । यसैगरि एमालेका चुनकुमारी चौधरी राज्यमन्त्री भौतिक पूर्वाधार विकास मन्त्रालय, एमालेका मनाकुमारी चौधरी राज्यमन्त्री समाजिक विकास मन्त्रालय, अर्चना गहतराज राज्यमन्त्री आर्थिक मामिला मान्त्रालय र माओवादी केन्द्रका मानबहादुर सुनार राज्यमन्त्री भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयमा नियुक्त भएका छन् ।  प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

माओवादी केन्द्रका भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरी बाहेक सरकारका सबै मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको हो । यसअघि शुक्रबार नै मन्त्रिमण्डलमा रहेका ३ मन्त्रीले राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री शाह, समाजिक विकास मन्त्री कृष्ण सुवेदी, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले मुख्यमन्त्री भट्ट समक्ष राजीनामा दिएका थिए ।

नयाँ नियुक्त गरिएका मन्त्री सोडारीलाई यसअघि नैतिक आचरण विपरित कार्य गरेको भन्दै मुख्यमन्त्रीले समाजिक विकास मन्त्रीबाट हटाएका थिए । उनलाई हटाएर सुवेदीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको थियो ।

एमाले स्थायी कमिटी बैठकको निर्णयपछि सुदूरपश्चिममा माधव पक्षले आक्रामक रुपमा गतिबिधि सुरु गरेको हो । करिव ५ महिनादेखि दुई मन्त्रालयमा मन्त्रि खाली हुँदा पनि आकांक्षी धेरै भएकाले एमालेले मन्त्री बनाउन सकेको थिएन ।

नेकपामा ओली पक्ष र प्रचण्ड-माधव पक्षबीच राजनीतिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते हटाएका थिए भने ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले पुस २२ गते मन्त्रीपदबाट राजीनामा दिएकोले थिए । यि दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्त अहिलेसम्म गरिएको थिएन ।

जेठ १० गते एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमान्त्रीलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सहभागी मन्त्री फिर्ता हुन निर्देशन दिने निर्णय गरेपछि भने माधव पक्षले उक्त निर्णयलाई चुनौति दिँदै आक्रामक रुपमा गतिबिधि अघि बढाएको हो । जेठ १२ गते सुदूरपश्चिम प्रदेश सभा नेकपा एमाले संसदीय दलको बैठकले स्थायी कमिटीको निर्णय विपरित सरकारलाई दिएको समर्थन कार्यम राख्ने र मन्त्रीहरु सरकारबाट फिर्ता नभई सरकारमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको थियो । 

उक्त बैठकले संसदीय दलका नेता शाहलाई निर्णय गर्ने अधिकार दिएको थियो । स्थायी कमिटीको बैठक विपरित निर्णय गरेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले सरकारमा सहभागी तीन मन्त्रीलाई स्थायी कमिटीको निर्णय अवेज्ञा गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 

मन्त्रीले स्पष्टीकरण सोधको नै अवैधानिक भएको जवाफ फर्काएका छन् । स्थायी कमिटीको निर्णयलाई थप चुनौती दिँदै शुक्रबार एमालेका थप मन्त्री सरकारमा सहभागी भएका हुन् । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५ प्रदेश सभा सदस्य छन् । प्रदेश सभामा माधव पक्षको बहुमत रहेको छ ।

प्रकाशित: १४ जेष्ठ २०७८ १४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App