५ आश्विन २०८१ शनिबार
image/svg+xml

अक्सिजन सिलिण्डरमा कालोबजारीः संक्रमित अक्सिजन नपाएर ज्यान गुमाउँदै

सुदूरपश्चिमका अस्पातलमा अक्सिजनको चरम अभावले हाहाकार भएको छ। कोराना संक्रमणका बिरामी अक्सिजन नपाएर छट्पटिरहेका छन्। अक्सिजन नपाएर ज्यान गुृमाएका छन्। अक्सिजनको चरम अभाव भैरहेकाे कैलालीमा अक्सिजनको सिलिण्डरमा कालोवजारी भैरहेको खुलासा भएको छ।

अक्सिजनको अभावले संक्रमितलाई बचाउन धौधौ

दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ भएका छन्। अक्सिजनको सपोर्ट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव सृजना भएको छ। अक्सिजन नपाएर कयौ संक्रमितको ज्यान गएको छ। छट्पटाईरहेका संक्रमितहरुको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्।

कोराेनाको संक्रमण भयावह बन्दैः सुदूरपश्चिममा एकै दिन १४ को मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमणले अवस्था भयावह बन्दै गएको छ । सुदूरपश्चिममा पछिल्लो एक सातायता संक्रमणले मृत्युदर बढ्दै गएको छ ।

गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख

गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । सोमबार मन्त्रिपरिषद बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

सुदूरपश्चिममा एक सातामा ४० जनाको मृत्यु

दोस्रो लहरको संक्रमण सुरु भएपछि संक्रमितमा निमोनिया, श्वासप्रश्वासको समस्या बढी देखिएको छ। अक्सिजन चाहिने खालका बिरामी अस्पताल आउने गरेको सेती प्रादेशिक अस्पताल कोराना उपचार विभाग प्रमुख शेरबहादुर कमर बताउँछन्।

तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

सुदूरपश्चिम प्रदेशमा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालन

सुदूरपश्चिम प्रदेश सरकारका सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ।

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन्।

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएाक छन्।

सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ। नयाँ सरकार बनाउन नेपाली कांग्रेस र राजपासँग वार्ता गर्न एमाले प्रदेश समितीको बैठकले प्रदेशका सहइन्चार्ज पाठक संयोजक रहेको तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको प्रदेश अध्यक्ष थापाले बताए।

सुदूरपश्चिम प्रदेश सरकार बदल्न कसरत सुरु

सुदूरपश्चिम प्रदेश सरकार बदल्न नेकपा एमाले ओलीपक्षले कसरत शुरु गरेको छ । माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारवाट एमालेले समर्थन फिर्ता गर्ने तयारी थालेको छ । सुदूरपश्चिम सरकार बदल्न नेकपा एमालेका सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट, प्रदेश समितीका सहईन्चार्ज महेश्वर पाठक, प्रदेश समिती अध्यक्ष कर्ण थापा लगायतका नेता धनगढीमा केन्द्रित भएका छन । माओवादी केन्द्र र माधव पक्षको सुविधाजनक बहुमत रहेको सुदूरपश्चिम प्रदेश सरकारवाट एमालेले समर्थन फिर्ता लिन संसदिय दल वोलाउने तयारी गरेको छ ।

‘ड्यौडिया होरी’मा गुन्जियो सुदूर

यही गीत गाउँदै अहिले सुदूरपश्चिममा होली गुन्जयमान बनेको छ। टाउकोमा पगरी बाँधेर सेतो कुर्ता र जामामा सजिएका वृद्ध/युवाहरूको गोलबद्ध झुण्ड गाउँ गाउँमा यिनै र यस्तै गडवाली, काली कुमौनी ‘होरी’ (होली) गीत गाउँदै रमाइलो गर्दैछन्। एक आपसमा होलीको रंगले रंग्याउँदै ड्यौडिया भाकामा गाइएका श्रीकृष्ण, राम भगवान्का चरित्र गाथाले गुञ्जयमान बनेको छ यतिबेला सुदूर बस्ती।

सात महिनामा २१ प्रतिशत खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको २१.७७ प्रतिशत मात्र खर्च गरेको छ। ओली पक्षमा रहेका दुई मन्त्री बाहिरिएपछि डेढ महिनादेखि दुईवटा मन्त्रालय खालिरहेको प्रदेश सरकारको कामको गति सुस्त देखिएको छ।

सुदूरपश्चिममा १२ सय क्षयरोगका बिरामी

सुदूरपश्चिम प्रदेशमा पुसको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्। गत आवमा २ हजार ७ सय ३५ जना बिरामी रहेका थिए। कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामी कम देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत मनोज ओझाले बताए।

सुदूरपश्चिममा १३ सय जना क्षयरोगका बिरामी, उपचार सफलता दर ९० प्रतिशत

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामीको संख्यामा कमी आएको छ। पुस मसान्तसम्मको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्