१९ असार २०८१ बुधबार
image/svg+xml

बंगलादेश क्यापिटलको साधारणसभा

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असारमा समाप्त भएको वर्षको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/७८ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।

बंगलादेशविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेल्नुपरेको बताएका छन्।

ढुंगेपाटनमा बंगलादेश बैंकको विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

कञ्चनपुरको कलकत्तामा नेपाल बंगलादेश बैंक

सो शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सकिने बताइएको छ।

बुधबारेमा बंगलादेश बैंकको विस्तारित काउन्टर

प्रदेश सांसद उपेन्द्र घिमिरेले उक्त सेवा केन्द्रको उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

अस्ट्रेलियाको बंगलादेश भ्रमण अर्काे महिना

हाल वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलिया बंगलादेशसँगको ट्वान्टी–२० शृंखला खेल्न जुलाई २९ मा ढाका पुग्ने तालिका छ । तीन दिनको ढाका बसाइपछि भ्रमणकारी टोली अस्ट्रेलियाले अगस्ट ३, ४, ६, ७ र ९ तारिखमा पाँच ट्वान्टी–२० खेल खेल्नेछ। सेरे बंगला राष्ट्रिय क्रिकेट रंगशाला ढाकामा हुने खेल बन्द रंगशालामा हुनेछ।

बंगलादेश बैंकको वार्षिकोत्सव

नेपाल बंगलादेश बैंकको २७औं वार्षिकोत्सव सम्पन्न भएको छ। यो बैंक विदेशी संयुक्त लगानीमा सञ्चालन भइरहेको छ। बैंकमा मित्रराष्ट्र बंगलादेशको आइएफआइसी बैंकको ४०.९० प्रतिशत लगानी छ।

एकदिवसीय खेल: बंगलादेशलाई शृंखला

मुसफिकर रहिमको विस्फोटक ब्याटिङ मद्दतमा मंगलबार भ्रमणकारी टोली श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा बंगलादेशले १ सय ३ रनको सानदार जित निकालेको छ।

बंगलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा महत

बैंकको सहायक कम्पनी रहेको नेपाल बंगलादेश क्यापिटल लिमिटेड नेपालको पुँजी बजारमा सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूति तथा संस्थागत परामर्शदाताका रूपमा कार्य गर्ने प्रमुख उद्देश्यले सञ्चालित रहेको विज्ञप्तिमा उल्लेख छ।

बंगलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बंगलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बिमाबापत १५ लाख रूपैयाँ मृतक भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको जनाएको छ।

बंगलादेशमा सोमबारदेखि पूर्ण लकडाउन

बंगलादेशमा कोरोना संक्रमण हुनेको संख्यामा वृद्धि भएसँगै सरकारले एक हप्ताको लकडाउन लागू गर्ने निर्णय गरेको छ। बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसेनले आउँदो सोमबार या मंगलबारदेखि एक हप्ताका लागि लकडाउन लागू गर्न सक्ने जानकारी बीबीसीलाई दिएका छन्।

बंगलादेशमा मोदीको भ्रमणको विरोध, हिंसात्मक प्रदर्शनमा ५ जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमका अनुसार एक पुलिसकर्मीले चार जना घाइतेलाई अस्पताल लगिएको पुष्टि गरे पछि उनीहरूको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। यसभन्दा पहिले शुक्रबार प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा शुक्रवारको प्रार्थना पछि राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको थियो।

त्रिदेशीय कप: बंगलादेशको विजयी सुरुआत

बंगलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तान यु–२३ टोलीमाथि १–० को जित हात पारेको हो।

राष्ट्रपति भण्डारी ढाकामा

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका सिलसिलामा सोमबार बंगलादेशको राजधानी ढाका पुगेकी छन्। बंगलादेश स्वतन्त्रताको स्वर्णजयन्ती तथा राष्ट्रपिता बंगबन्धु शेख मुजिवर रहमानको जन्म शताब्दीका अवसरमा सहभागी हुन उनी सोमबार बिहान ढाका पुगेकी हुन्।

बंगलादेशमा भारतीय प्रधानमन्त्री मोदी भ्रमणको विरोध

शुक्रबारको प्रार्थनापछि सुरक्षाको बीचमा ५ सय जना मुस्लिम ढाकास्थित बेतुल मोकर्रम मस्जिद बाहिर बाहिरको सडकमा गएर विरोध प्रदर्शन गरेका थिए। आन्दोलनकारीहरूले आफ्ना जुत्ताहरू हातमा लिएर मोदीलाई अनादर देखाएका थिए। उनीहरूले ढाका नआउनू भनेर भारत र मोदी विरोधी नारा लगाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्