coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा मोदीको भ्रमणको विरोध, हिंसात्मक प्रदर्शनमा ५ जनाको मृत्यु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेशको दुईदिने भ्रमणको विरोधमा भएको प्रदर्शनमा ५ जनाको मृत्यु भएको छ।  बंगलादेशको चटगाउँमा उनको भ्रमणको विरोध गर्न त्यहाँ प्रदर्शन गरिएको थियो र यस अवधिमा कम्तिमा ४ जना मानिसको प्रहरीको साथ हिंसात्मक झडपमा मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार एक पुलिसकर्मीले चार जना घाइतेलाई अस्पताल लगिएको पुष्टि गरे पछि उनीहरूको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। यसभन्दा पहिले शुक्रबार प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा शुक्रवारको प्रार्थना पछि राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको थियो।

त्यहाँ प्रहरी र प्रदर्शनकारीहरु बीच झडप भएको थियो र धेरै पत्रकारहरू समेत घाइते भएका थिए।  बंगलादेशको सञ्चारमाध्यमका अनुसार, चटगाउँमा प्रार्थना पछि  हात्जारी मदरसाबाट विरोध जुलुस निकाले पछि हिंसात्मक झडप भएको थियो।  प्रहरीसँगको झडपमा थुप्रै व्यक्तिहरू घाइते भएका छन्।

चटगाउँ मेडिकल कलेजका एक अधिकारीले नाम नबताइदिने सर्तमा भनेका छन्, अस्पतालमा ल्याइएका कम्तीमा चार घाइतेको मृत्यु भएको छ। अर्का एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको छ।हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको आरोप लगाए। यद्यपि, प्रहरीले गोली चलाए नचलाएको बारेमा भने स्वतन्त्र रुपमा पुष्टि भैसकेको छैन।

केही दिनदेखि ढाकामा धेरै मुस्लिम नेताहरु र वामपन्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा प्रदर्शन गर्दै आएका थिए। भारतीय प्रधानमन्त्री मोदी बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा शुक्रबार ढाका पुगेका छन्। उनी बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षको स्वतन्त्रता र संस्थापक शेख मुजीबुर रहमानको जन्मशताब्दीको अवसरमा आयोजित कार्यक्रममा भाग लिन आएका त्यहाँ पुगेका हुन्। 

प्रकाशित: १४ चैत्र २०७७ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App