११ मंसिर २०७८ शनिबार
अर्थ

बंगलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बंगलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बिमाबापत १५ लाख रूपैयाँ मृतक भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको जनाएको छ। 

स्वर्गीय बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमिक भई काम गर्दा नेपाल बंगलादेश बैंक, बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएका थिए। 

उक्त १५ लाख रूपैयाँको चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले स्व. बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ। 

प्रकाशित: १ वैशाख २०७८ ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App