११ मंसिर २०७८ शनिबार
अर्थ

बुधबारेमा बंगलादेश बैंकको विस्तारित काउन्टर

नेपाल बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकाको बुधबारे बजारमा विस्तारित सेवा केन्द्र खोलेको छ। प्रदेश सांसद उपेन्द्र घिमिरेले उक्त सेवा केन्द्रको उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

यसबाट सो भेगमा छरिएर रहेको पुँजीलाई एकत्रित गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटेन्स सोझै बैंक खातामा जम्मा गर्न, चेक क्लियरिङ र अन्य बैंकिङ कारोबार, सामाजिक सुरक्षा लगायत बैँकिङ प्रणालीमार्फत प्राप्त हुने सेवा लिन, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालन गर्न सहज हुने बैंकले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७८ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App