२४ पुस २०८१ बुधबार
image/svg+xml

धरहरा पुनर्निर्माणका लागि ९ महिना थप

निर्माणाधीन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग दुई वर्षअघि सम्झौता गरेको थियो।

आवास तथा विद्यालय पुनर्निर्माणका लागि भारतको १ अर्ब ५४ करोड सहयोग

नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले सहयोग रकम हस्तान्तरण गरेको छ। भारतीय दूतावासकी नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ सचिव शिशिर कुमार ढुङ्गानालाई १ अर्ब ५४ करोड बराबरको चेक मंगलबार हस्तान्तरण गरेकी हुन्।

शिक्षा क्षेत्रका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट

भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा क्षेत्रमा भएका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट शुभारम्भ गरेका छन् ।

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्न सिफारिस

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ।

पुनर्निर्माणका पीडा

विगत केही महिनायता सबैको चासो, चिन्ता, ध्यान कोरोना भाइरस र यसको प्रभावतिरै गएको छ । यो स्वाभाविक पनि हो । अचम्मलाग्दो तरिकाले भित्रिएको यो भाइरसले विश्वलाई नै एकै पटक आक्रान्त पारेको छ । धेरै क्षति गरिसक्यो । अझै कहिलेसम्म र के कति क्षति हुने भन्ने अनुमान गर्न पनि गाह्रो छ ।

भूकम्पको पाँच वर्ष बित्यो, पीडितको टहरामै बास

कतिपय भूकम्पपीडितले पहिलो किस्ताबापत ५० हजार रूपैयाँ लिएर घरखर्चमै सकाएका थिए । यस्तो समस्या भएका परिवार अधिकांश भूमिहीन र निम्न वर्गका छन् । उनीहरूसँग सामान किन्ने पैसा थिएन । ५० हजार रूपैयाँले सबै सामान आउने अवस्था भएन ।

सभागृह पुनर्निर्माणको तयारी

विराटनगर स्थित वीरेन्द्र सभागृह पुनर्निर्माणको तयारी थालिएको छ । लामो समय देखि मर्मत नहुँदा जिर्ण बनेको सभागृह पुनर्निर्माण गरी अत्याधुनिक सुविधा सम्पन्न बनाउन लागिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

ठडिँदै उपत्यकाका सान

पुनर्निर्माण थाल्नुभन्दा पहिले निकै विवादित बनेको काष्ठमण्डप र रानीपोखरीले मौलिक रूप केही दिनमै पाउने छन्। पाटन, भक्तपुर र हनुमानढोका दरबार क्षेत्रका थुप्रै सम्पदाले पुनर्निर्माण सकिएर पुरानै स्वरूप पाइसकेका छन्।

६ हजार बढि लाभग्राहीलाई तेश्रो किस्ता

भूकम्पका कारण घरविहीन बनेका खोटाङका ६ हजार भन्दा बढि परिवारले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन् । आर्थिक वर्ष २०६७/०७७ को मसान्तसम्ममा ६ हजार ९७८ परिवारले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयका खोटाङले जनाएको छ ।

एक सय एक वर्षीय भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १०१ वर्षीयलाई दुई लाख रुपैयाँबाट खरीद गरिएको जग्गाको धनी प्रमाणपूर्जा प्रदान गरेको छ । कास्की, मादी गाउँपालिका–९ मुग्राीबेंसीका १०१ वर्षीय भूमिहीन लाभग्राही जसबहादुर थापालाई दुई लाख रुपैयाँमा जग्गा खरीद गरी पूर्जा उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टिनमा

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।

माटोले बनेको झ्याले घरको पुनर्निर्माण सुरु

सामान्यता घरका झ्यालहरु काठले बनेका हुन्छन् तर भक्तपुरमा माटोले बनेको झ्यालको घरको पुनर्निर्माण सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलास्थित ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ (स्थानीय टोलछिमेकको सामूहिक घर) को पुनर्निर्माण सुरु भएको हो ।

बन्ने भयो ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ

भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको पुनर्निर्माण हुने भएको छ । तीन सय १८ वर्ष पुरानो आगँछेँ पुनर्निर्माण कार्य हुन लागेको हो ।

सार्वजनिक कार्यक्रममा सहभागी हुन शुल्क !

प्रतिव्यक्ति दुई सय रुपैयाँं प्रवेश शुल्क उठाएर शनिबार भक्तपुरको मध्यपुर थिमिमा एउटा पोखरीको उद्घाटन कार्यक्रम गरिएको छ ।

पाँच लाख घरको पुनर्निर्माण सकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्