१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

धरहरा पुनर्निर्माणका लागि ९ महिना थप

निर्माणाधीन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग दुई वर्षअघि सम्झौता गरेको थियो। सोहीअनुसार रमन कन्स्ट्रक्सनले २०७५ कात्तिकदेखि पुनर्निर्माण सुरु गरेको थियो। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन तथा निषेधाज्ञा गरेपछि पुनर्निर्माणको काम प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९ महिना समय थपेको हो।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र संग्रहालयको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमा काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए। उनका अनुसार हालसम्म धरहराको १६ तला ढलान भइसकेको छ। ‘धरहराको अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको छ,’ उनले भने, ‘जसमा चार सयवटा साना गाडी र सात सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कामको रफ्तारमा असर पर्दा समयमा पुननिर्माण सम्पन्न गर्न नसकिएको हो।’ २२ तलाको योजना रहेको धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।

प्रकाशित: २४ आश्विन २०७७ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App