९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

बन्ने भयो ऐतिहासिक तेलिकोटा झ्याल भएको आगंछेँ

भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगंछेँको पुनर्निर्माण हुने भएको छ । तीन सय १८ वर्ष पुरानो आगँछेँ पुनर्निर्माण कार्य हुन लागेको हो ।  

आगंछेंको शिलान्यास गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाहरु नगरपालिकाको बजेट, जनप्रतिनिधिको साथ र नगरबासी जनताको सहयोगमा बनिरहेको चर्चा गरे । उनले नगरको पुरानो मौलिक शैलीलाई जीवन्त राख्ने उद्देश्यले काम गरिरहेको बताए ।

भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले सम्पदा पुनर्निर्माण ठेक्कापट्टामा गर्न नहुनेमा जोड दिए । भक्तपुर नपा कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले २०७२ सालको भूकम्पबाट क्षति पुगेको तेलिकोटा झ्यालसहितको आगँछेँ पुनर्निर्माणमा स्थानीयहरुको अगुवाई र सहभागिता भए निर्धारित भन्दा कम समय र लागतमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् । 

भक्तपुर नपा वडा नं. ६ का वडा सदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवालले भक्तपुरको ऐतिहासिक सम्पदाहरुमध्येकै पुरानो आगँछेँको पुनर्निर्माणमा भक्तपुर नपाको अगुवाई र सहयोगप्रति आभार प्रकट गरे । कार्यक्रममा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिशरण अवाल र स्थानीय रमिला प्रजापतिले पनि ऐतिहासिक सम्पदाबारे चर्चा गरे ।  

भक्तपुर नगरपालिकाको बजेटमा बन्न लागेको प्रस्तावित श्री विश्वकर्मा आँगछेँ (तेलिकोटा झ्याल) पुनर्निर्माण उपभोक्ता समितिमार्फत लगत इस्टिमेट ९९ लाख ६८ हजार ५ सय २६ रुपैयाँ रहेको जनाइएको छ ।

प्रकाशित: ३० असार २०७७ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App