coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

शिक्षा क्षेत्रका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट

भारतीय राजदूत विनयमोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिक्षा क्षेत्रमा भएका पुनर्निर्माणको डेडिकेटेड वेबसाइट शुभारम्भ गरेका छन् ।

भारतको सहायतामा भएको भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत शिक्षा परियोजनासँग सम्बन्धित सबै जानकारीका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध छ । वेबसाइट केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो ।

भारतको १ अर्ब अमेरिकी डलरको प्रतिबद्घता अनुरूप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजना अघि बढिरहेका छन् । विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोटमा ५० हजार घरमध्ये ४६ हजार घरहरू निर्माण भइसकेको अवस्था छ । ७० वटा विद्यालय, एउटा पुस्तकालय, १ सय ४७ वटा स्वास्थ्य संरचना र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनासहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजना पुनर्निर्माण/रेट्रोफिटिङका लागि कार्यान्वयनमा छन् ।

प्रकाशित: ७ आश्विन २०७७ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App