१९ असार २०८१ बुधबार
image/svg+xml

मतदानपछि नेताहरूले के भने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण तरिकाले सम्पन्न भएको बताएका छन्।

छिटपुटबाहेक शान्तिपूर्ण मतदान

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो निर्वाचनमा आम जनताको उत्साहजनक सहभागिता देखिएन।

विदेशी पर्यवेक्षकद्वारा निर्वाचन पर्यवेक्षण

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा आज भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले आज निर्वाचन पर्यवेक्षण गरेको हो।

ताप्लेजुङको फुलवारीमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप,स्थगित मतदान सुरु गर्ने तयारी

ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ स्थित फुलवारी मतदान केन्द्रमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीचको झडपले केहि समय मतदान स्थगित भएको छ।

सुर्खेतमा फरक मतपत्र भेटिएपछि मतदान स्थगित

सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो।

ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान

‘आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ’, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ।’

दोलखाका दुई स्थानमा मतदान रोकियो, १३ राउण्ड हवाई फायर

जिल्लाको तामाकोसी गाउँपालिका ३ जफे स्थित कालापानी माध्यामिक विद्यालय भवन,वैत्येश्वर गाउँपालिका-२ पुतलीकाठ मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिए।

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छः अध्यक्ष यादव

उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।

देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न, मतपेटीका ढुवानीका लागि सवारीसाधन तैनाथ

गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन्।

गोरखामा मतपत्र फरक परेपछि दोहोर्‍याएर मतदान

गोरखा क्षेत्र नम्बर -२ को पालुङटार- ७ जिवन ज्योती मावि मतदान केन्द्रमा दोहोर्‍याएर मतदान भएको छ।

हुम्लामा ७ राउण्ड हवाई फायर

हुम्लामा रोकिएको मतदान सुरु गर्ने विषयमा छलफल गर्न लाग्दा केही युवाहरुले ढुङ्गा मुढा गर्दा प्रहरीले सात राउण्ड हवाई फायर गरेको छ।

कर्मचारी झुक्किँदा दुईपटक मतदान

कास्कीका १४ जनाले दोहोरो मतदान गरेका छन्। आईतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कास्की, पोखरा महानगरपालिका वडा नम्बर–१३ का १४ जनाले दुईपटक मतदान गरेका हुन। उनीहरुले ढाँटेर, छलेर वा अर्कैको नाममा मतदान भने गरेका होईनन् । बरु निर्वाचनमा खटिएका कर्मचारीको लापर्वाहीका कारण उनीहरुले आफ्नै नाममा दुई पटक मतदान गर्न पाएका हुन।

बागलुङमा शान्तिपूर्ण मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन—२०७९ अन्तर्गत बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।

मोरङको देवीस्थान केन्द्रमा मतदान स्थगित

मोरङको क्षेत्र नं ६ को बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्