२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोरखामा मतपत्र फरक परेपछि दोहोर्‍याएर मतदान

गोरखा क्षेत्र नम्बर -२ को पालुङटार- ७ जिवन ज्योती मावि मतदान केन्द्रमा दोहोर्‍याएर मतदान भएको छ। त्यहाँ खटिएका कर्मचारीले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएपछि पुन मतदान हुने भएको हो।  

३३ जनाले मतदान गरेपछि यो कुरा पहिचानभएको हो। ३३ जनाले प्रतिनिधिसभामा पनि प्रदेशसभाकै मतपत्रबाट मतदान गरेकाले एउटा मतपत्र पुन दिएर उनीहरुलाई मतदान गराउने तयारी छ।  

मतदान प्रक्रिया भने चलिरहेको मतदान अधिकृत बद्री अर्यालले बताए। मतपत्र दिँदै जाँदा मतदान अधिकृतको हस्ताक्षर गरेको मतपत्र सकिए पछि प्रदेशसभा र प्रतिनिधिसभा दुबैमा कर्मचारीले भुलबस एउटै मतपत्र दिँदा समस्या भएको उनले बताए।  

प्रकाशित: ४ मंसिर २०७९ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App