२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कर्मचारी मतदान केन्द्रमा पुग्दै

निर्वाचनको ३ दिनअघि जिल्लाको सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी पुग्न थालेका छन्। जिल्ला सदरमुकाममा केन्द्रित निर्वाचन कार्यालयहरुबाट मतदान सामाग्री बुझ्दै कर्मचारीहरु मतदान केन्द्रमा जान थालेका छन्। जिल्लामा ४ सय ४९ मतदान केन्द्र रहेका छन्। सबै मतदान केन्द्रमा गरी जिल्ला निर्वाचन कार्यालयले ३ हजार ५९२ कर्मचारी खटिएका छन्।

निर्वाचन सामग्री मतदान केन्द्र पुर्‍याइँदै [फोटो फिचर]

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आउँदो २१ गते हुने निर्वाचनका लागि इलामका मतदान केन्द्रसम्म धमाधम निर्वाचन सामग्री पु¥याइँदैछ । जिल्लाका सवारी साधन चल्ने मतदान केन्द्रमा ल्यान्डरोभर, जीपलगायत सवारी साधनमा र सवारी नचल्ने मतदान केन्द्रमा पिठ्युँमै बोकेर निर्वाचन सामग्री लैजान थालिएको हो ।

मतदान केन्द्रमा कर्मचारी जाने क्रम शुरु

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि झापा जिल्लामा सुरक्षाका निम्ति सबै तयारी भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मतदान तयारी अवस्था बुझ्दै निर्वाचन आयुक्त

निर्वाचन आयुक्त सुधीर शाही मतदान तयारीको अवस्था बुझ्ने क्रममा रौतहट आएका छन् । सो अवसरमा उनले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयमुक्त वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको बताए।

रुकुमका दुई मतदान केन्द्रमा पुनःमतदान सुरु

स्थगित भएका यहाँका दुई मतदान केन्द्रमा शुक्रबार पुनः मतदान सुरु भएको छ । आइतबार मतदान स्थगित भएका रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्र र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गत्तसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो ।

मतदान गरेर जाडो छल्न बेसी झरे मनाङबासी

मंसिर १० गते सम्पन्न भएको पहिलो चरणको प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न हिमालपारीको जिल्ला मनाङ पुगेका मतदाताहरु पुनः काठमाडौं, पोखरा, बेसीसहर लगायतका स्थानमा फर्किएका छन्।

मतपेटिकामा एसिड हानिएको मतदान केन्द्रमा शुक्रबार चुनाव हुने

मतपेटिकामा एसिड हानेपछि स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट र आठविषकोटको निर्वाचन मंसिर १५ गते हुने भएको छ। स्थगित भएपछि पुनः हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाएको छ। गत्तासैना मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको नेतृत्वमा र काँडामा मतदान केन्द्रमा सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले नेतृत्वमा टोली खटाइएको हो।

मतदान अधिकृतले गोला प्रथाबाट केन्द्र छाने

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ।

‘मतदान होइन महादान’

‘हामीले आज मतदान होइन महादान गर्‍यौं,’ खोटाङको हलेसी तुवाचुङ नगरपालिका च्यास्मीटारकी मतदाता मोहनसरी राईले भनिन्, ‘दान गरे एउटाले पाउँछ तर मतदान गरे सबैले पाउँछ। त्यही भएर महादान गर्‌यौं।’

जाजरकोटमा २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

आइतबार मतदान सकिएको जाजरकोटमा अहिले सम्म २५ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र सडक पहुँच नभएका कारण अन्य मतदान केन्द्रका मतपेटिकाहरु आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए।

माइनस ९ डिग्रीमा ४ घन्टा हिँडेर मतदान

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार–फू गाउँपालिका–३ कि फूर्वा लामा आइतबार बिहान करिब ४ घन्टा उकालो हिँडेर मतदान गर्न पुगिन् । बिहान ६ बजे नै मुटु काँप्ने चिसोमा उकालो लागेकी उनी १० बजे मतदानस्थल पुगिन् । लामा घरबाट हिँड्दा त्यहाँको न्यूनतम तापक्रम माइनस ९ डिग्रीजति थियो ।

मतदान शान्तिपूर्ण, ६५ प्रतिशत भोट खस्यो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ । आयोगका अनुसार अन्तिम विवरण आउँदासम्म खसेको मत प्रतिशत अझै बढी हुनेछ ।

हस्ताक्षर नगरेको मतपत्र दिने मतदान अधिकृतलाई कारबाही

लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्।

सात भाइ किरियापुत्री मतदानमा

उनीहरु सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका कुञ्चोक केन्द्रमा मतदानका लागि आएका किरियापुत्री दाजुभाइ हुन्।

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'यो प्रारम्भिक परिणाम हो। खसेको मत प्रतिशत आँकडा अझ बढ्न सक्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्