२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवामा ८३.५ प्रतिशत मतदान

आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा ८३.५ प्रतिशत भन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको सबै ठाउँको जानकारी आइनसकेको र केही स्थानमा मतदान जारी रहेकाले त्यो भन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

६५ प्रतिशत मतदान

आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिश मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भने, 'मतदानको प्रतिशत बढ्न सक्छ।'

मतपत्र जलाइएका केन्द्रमा पुनः मतदान हुने

रुकुमको दुईवटा मतदान कन्द्रमा पुनः मतदान गरिने भएको छ। आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।

दोलखाको मार्वु मतदानकेन्द्रमा तनाव, ५ राउन्ड हवाई फायर

दिनभर शान्त रहेको दोलखाको निर्वाचनमा अपराह्न पछि तनाव सुरु भएको छ। नखसेको मत अन्य व्याक्तिहरुले हाल्न खोजे पछि जिल्लाका विभिन्न मतदान केन्द्रमा तनाब भएको हो।

बझाङमा ४५ प्रतिशत मतदान

बझाङमा अहिलेसम्म ४५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बास्तोलाले जिल्लामा ४५ प्रतिशत मतदान भएको बताए। मतदान गर्न मतदाताहरु लामबद्ध रहेका छन्।

सोलुमा कुन नेताले कहाँवाट मतदान गरे ?

सोलुखुम्बुमा मुख्य प्रतिष्पर्धामा रहेका वाम र कांग्रेस नेताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधि सभाका कांग्रेस उम्मेद्वार बल बहादुर केसीले नेचा –सल्यान गाउँपालीकाको विपि संस्कृत माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे।

घर ठड्याउन छोडेर मतदानमा सिन्धुवासी (फोटो/ भिडियो)

पुनर्निर्माणको चटारो र मंसिर थन्क्याउने व्यस्तता थाँती राखेर सिन्धुपाल्चोकका भूकम्प पीडितले उत्साहजनक ढंगले मतदान गरिरहेका छन्। दिउँसो साढे १ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दुई बजेसम्म ५० प्रतिशत मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा दुई बजेसम्म झन्डै ५० प्रतिशत मतदान भएको छ ।

उपल्लो डोल्पाको मतदान केन्द्रमा सतप्रशित मतदान

उपल्लो डोल्पास्थित फोन गाउँमा रहेको मतदान केन्द्रमा सतप्रतिशत मतदान भएको छ। त्यहाँ २३ मतदाता रहेकोमा २३ जनाले नै मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मनाङमा उत्साहजनक मतदान (फाेटाे फिचर)

पहिलाे चरण प्रतिनिधि सभा तथन प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ सदरमुकाम चामेमा सर्वसाधारणहरू मतदान गरिरहेका छन् । हालसम्म ५० प्रतिशत मत खसिसकेकाे यस क्षाेमा चिसोका कारण मतदान केही प्रभावित बनेपनि सुचारू रूपमा भइरहेकाे छ ।

मनाङको नार–फू मा मतदान सकियो

हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार–फू गाउँपालिका–३ को साम्दोछिरिङ गुम्बा मतदानस्थलको मतदान सकिएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत रामकृष्ण तामाङका अनुसार त्यहाँ १ सय ४ मतदाता रहेकोमा ७५ मत खसेको छ । बाँकी मतदाता घरमा नभएकोले मत नखस्ने उनले बताए ।

सोलुखुम्बुमा १२ बजेसम्म ३० प्रतिशत मतदान (फाेटाे फिचर)

तिङलाबाहेक सोलुखुम्बुका अधिकांश क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । ११८ मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्लामा तिङला क्षेत्रका ५ मतदान केन्द्रबाहेक सम्पूर्ण मतदान केन्द्रमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसिसकेको छ ।

रसुवामा उत्साहजन रुपमा मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवाका उत्साहजनक रुपमा मतदान भइरहेको छ। प्रतिनिधि सभा सदस्य एक र प्रदेश सभा सदस्य दुई प्रतिनिधि चुन्न भइरहेको निर्वाचनमा जिल्लाको ४५ वटै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो।

खोटाङमा ११ बजेसम्म २४ प्रतिशत मतदान

खोटाङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। जिल्लाका १३६ मतदान स्थलका १७९ मतदान केन्द्रमा बिहानदेखि शान्तिपूर्ण वाताबरणमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। समाचार तयार पार्दासम्ममा करिब २४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्