२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश नं ४ का २०५ मतदानस्थल अतिसंवेदनशील

यही मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नं ४ का एक हजार २४७ मतदानस्थलमध्ये २०५ मतदानस्थल अतिसंवेदनशील ठहर गरिएको छ ।

११४ वर्षीयाले गरिन् मतदान

बैतडीको सुर्नाया गाउँपालिका–८ शिखरपुरकी ११४ वर्षीया पशुपति साँउदले भुमिराज मावि ढोल्य मतदान केन्द्रबाट मतदान गरेकी छन् । आइतबार बिहान उनलाई आफन्तले बोकेर मतदान केन्द्र ल्याएका हुन् ।

हिमाली जिल्ला डोल्पाको ३१ मतदान केन्द्रमा अझै मतदान सुरु भएन

पहिलो चरणको निर्वाचनअन्तर्गत हिमाली जिल्ला डोल्पाका ३५ मतदान केन्द्रमा मतदान सुरु भएको छ भने ३१ मतदान केन्द्रहरुमा अझै मतदान सुरु हुन सकेको छैन ।

रोल्पामा मतदान सुरु, थवाङमा १ सय मत खस्यो

रोल्पाका १ सय ६० मतदान कन्द्रमा बिहान ७ बजेदेखि उत्साहपूर्ण ढंगले मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत बासुदेबलाल श्रेष्ठका अनुसार सबै स्थानमा बिहान ७ बजे देखि नै मतदान सुरु भएको हो ।

सोलुखुम्बुको तिंलामा कोही पनि मतदान गर्न गएनन्

सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए।

दुई गठबन्धनको सहमतिपछि लागार्चेमा मतदान सुरु

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत लागार्चे मतदान केन्द्रमा मतदान सुरु गर्न सहमति जुटेको छ। सहमतिपछि अबको केहीबेरमा मतदान सुरु हुने सिन्धुपाल्चोकका प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए।

३२ जिल्लामै उत्साहपूर्ण मतदान हुँदै [फोटो फिचर]

मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरु भएको छ ।

यसपटक पनि टहरोमा मतदान केन्द्र

निर्वाचनका लागि दुई दिनअघि नै गाउँ पुगेका कर्मचारीले अहोरात्र खटेर मतदान केन्द्रको तयारी पूरा गरेका छन् । भूकम्पका कारण मतदान केन्द्र हुने गरेका विद्यालय तथा अन्य भवन भत्किएका कारण् ायस वर्ष पनि मतदान केन्द्र टहरामा नै राखिएको छ ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।

मतदान स्थलमा सञ्चार सम्पर्कसमेत छैन

पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् ।

पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरू

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा आइतबार मतदान हुँदैछ । दुवै सभाका लागि प्रत्यक्षतर्फ ७ सय २ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।

मतदान केन्द्र र बस्ती कभर हुने गरी सुरक्षा योजना: गृहमन्त्रालय

पहिलो चरणको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ। पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सबै तयारी पुरा भएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए।

यसरी बन्दैछन् मतदान केन्द्र (फोटो फिचर)

निर्वाचन गराउन दुई दिनअघि नै गाउँ पुगेका कर्मचारी मतदान केन्द्र निर्माणमा व्यस्त भएका भएका छन्। केन्द्रमा घेराबार गाउने कार्यमा उनीहरुलाई सुरक्षाकर्मीले सघाइ रहेका छन् ।

खोटाङका १७९ मतदान केन्द्रमा बुथ तयार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा मतदान केन्द्र तयार पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्