१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
जगतबहादुर खड्का


जगतबहादुर खड्काका लेखहरु :

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, ५ जना गम्भीर घाइते

बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो।

अपहरणमुक्तपछि सांसद मल्लले भनिन्, ‘माग पूरा नगरिदिए ठीक हुँदैन भने’

नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्। बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई प्रमुख अथिति बनाएर गाउँपालिकाले नारी दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको थियो।

जंगली पशुपन्छीको मासु खुलेआम बेचबिखन

सदरमुकाम चैनपुरलगायत विभिन्न ग्रामीण बस्तीमा अवैध जंगली पशुपन्छीको मासु बिक्री हुने गरेको पाइएको छ। खुलेआम रूपमा जंगली पशुपन्छीको मासु अवैध रूपमा बिक्री–वितरण भइरहँदा पनि स्थानीय वन प्रशासन मूकदर्शक बनिरहेको छ।

पहिरोमा पढाइ

विश्वनाथ प्रावि वष्टीका विद्यार्थी पहिरोमा बसेर पढ्न बाध्य छन्। डर र त्रासका साथ पहिरोले बगाएको ढुंगामा बसेर पढ्नुपर्ने बाध्यता आइलागेको विद्यार्थीहरू बताउँछन्।

गाडी चढ्ने रहरले गहना बेचेर सडक निर्माण

तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् ।

चामल छैन, मदिरा फालाफाल

काँडा गाउँपालिकाको फाया खाद्य सुरक्षाका दृष्टिले जोखिम गाउँ हो। साँझ बिहानको छाक टार्न मुस्किल पर्ने फायामा भने मदिरा जताजतै पाउँछ।

‘सँगैका साथी स्कुल जान्छन्, मचाहिँ विधवा भएँ’

कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ वर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका करले बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन्।

बझाङमा एमालेका भैरव सिंह विजयी

बझाङमा बाम गठबन्धनका उम्मेदवार एमालेका भैरव सिंह प्रतिनिधिसभा चुनावमा विजयी भएका छन्। उनले ३४ हजार ५९७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए।

बझाङमा ४५ प्रतिशत मतदान

बझाङमा अहिलेसम्म ४५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बास्तोलाले जिल्लामा ४५ प्रतिशत मतदान भएको बताए। मतदान गर्न मतदाताहरु लामबद्ध रहेका छन्।

ढुंगाले लागेर एकको मृत्यु

जयपृथ्वी नगरपालिका ७ मा भिरबाट ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। बा ६४ प ६२१० नम्बरको पल्सल मोटरसाइकलमा मोदीबगरबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गर्दा जयपृथ्वी नगरपालिका ७ को कचाली खोलाको भिरमा माथीबाट ढुंगा खस्दा बर्ष २६ का सुरेन्द्र खड्काको घटनास्थलमै मृत्यु भएको हो।

बारीमै कुहियो गोलभेंडा

बजार अभावमा किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बारीमै कुहिन थालेको छ । आम्दानीको मुख्य स्रोत तरकारी खेती बनाएका थलारा कुच, झोता, पुगर, सुवेडा लगायत गाउँका किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बजार अभावमा बारीमै कुहिन थालेको हो।

बझाङमा तीन दिनदेखि इन्टरनेट अवरुद्ध

बझाङ तीन दिनदेखि इन्टरनेट विहिन भएको छ। नेपाल टेलिकमको कार्डर विग्रेका कारण जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बझाङका उपप्रमुख बमबहादुर सिंहले बताए।

पहिरोका कारण जयपृथ्वी राजमार्ग दुई दिनदेखि अवरुद्ध

जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने वैतडीको ज्यापु र जयपृथ्वी नगरपालिकाको मालुवा लाग्ने भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

बझाङमा पहिरोले २२ कोठे विद्यालय बगायो

तीन दिन देखि लगातार परेको पानीसँगै आएको पहिरोले बझाङमा एक विद्यालय पूर्ण रुपमा बगाएको छ । सोमबार बिहान ९ बजे आएको पहिरोले बझाङको गुंगल गाउँपालिका  वडा नं ६ सिमाली स्थित दुर्गा उमाविको २२ कोठे भवन पुरेको हो ।

बझाङको दुर्गाथलीमा एमालेको जित

बझाङको दुर्गाथली गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ । एमाले प्रयागराज जोशी १५९० मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनक दौल्यालले १४५३ मत प्राप्त गरे ।  त्यसैगरी उपाध्यक्षमा एमालेकै पार्वती देवी जपे्रल १६१२ मत सहित विजयी भइन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी शान्ति महतले ८५३ मत प्राप्त गरिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्