८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, ५ जना गम्भीर घाइते

बझाङ– बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले ९ जनाको लाश भेटिएको नागरिक न्यूजलाई बताए। उनका अनुसार ५ जना गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारको लागि पठाएको जानकारी दिए। मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए।

प्रकाशित: २ असार २०७६ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App