१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बझाङमा पहिरोले २२ कोठे विद्यालय बगायो

बझाङ – तीन दिन देखि लगातार परेको पानीसँगै आएको पहिरोले बझाङमा एक विद्यालय पूर्ण रुपमा बगाएको छ । सोमबार बिहान ९ बजे आएको पहिरोले बझाङको गुंगल गाउँपालिका  वडा नं ६ सिमाली स्थित दुर्गा उमाविको २२ कोठे भवन पुरेको हो । 

पहिरोमा परी उक्त विद्यालयमा रहेको  १२ थान  कम्प्युटर, सोलारको पाता ३४ वटा, सोलार ब्याट्री १८ सहित विद्यालयका सम्पूर्ण उपकरण पूर्ण रुपमा नष्ट भएको विद्यालय व्यवस्थापन समितिका सदस्इ हेमद लोहारले बताए । 

पहिरोले विद्यालय माथि रहेको खेतियोग्य जमिनसमित विद्यालयसँगै रहेको एक घर समेत पूर्णमा नष्ट भएको लोहारले बताए । 
पहिरोले विद्यालय पुरेसँग विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द भएको र चाँडै नै विद्यालयलाई अर्को स्थानमा स्थानान्तरण गरिने जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले जानकारी दिए । 

विद्यालयमा ५५१ जना विद्यार्थी अध्ययनरत छन् । 

 

प्रकाशित: २६ असार २०७४ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App