१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मतपेटिकामा एसिड हानिएको मतदान केन्द्रमा शुक्रबार चुनाव हुने

रुकुम – मतपेटिकामा एसिड हानेपछि स्थगित भएको रुकुम पश्चिमको बाँफिकोट र आठविषकोटको निर्वाचन मंसिर १५ गते हुने भएको छ।  स्थगित भएपछि पुनः हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाएको छ। गत्तासैना मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरको नेतृत्वमा र काँडामा मतदान केन्द्रमा सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले नेतृत्वमा टोली खटाइएको हो।

मंसिर १० गते रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ५ रत्न आधारभुत बिद्यालय मतदान केन्द्र र आठबीसकोट नगरपालिका वडा नं ११ नेपाल राष्ट्रिय मावि गत्तासैना मतदान केन्द्रमा एसिड हाली मतपेटीका जलाएपछि पुनः १५ गते निर्वाचन हुन लागेको हो। काँडामा प्रतिनिधि सभा र गत्तासैनामा समानुपातिक तर्फको मा चुनाव हुने बताइएको छ।

पुनः मतदानका लागी सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । जिल्ला स्तरबाट म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली थप पठाइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।

प्रकाशित: १३ मंसिर २०७४ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App