१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनमा माइक्रो बस दुर्घटना: एकै परिवारका पाँचसहित सात जना घाइते

चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। 

भरतपुर महानगरपालिका-१ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा सातजना घाइते भएका हुन्।

घाइते हुनेमा भरतपुर–९ का ४२ बर्षिय एकराज भट्टराईका पाँचजना परिवार रहेका छन्। भट्टराईकी श्रीमती निर्मला भट्टराई, १० बर्षिया एलिजा भट्टराई, ८ बर्षिया छोरी यनुषा भट्टराई र ४ बर्षिया छोरा अनुज भट्टराई रहेका छन्।

उनीहरुको अवस्था मध्यम रहेको चितवन प्रहरीले जानकारी दिएको छ। अहिले उनीहरुको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

यस्तै खैरहनी नगरपालिका–८ का ५० बर्षिय रामप्रसाद चापागाई, भरतपुर महानगरपालिका–४का२१ बर्षिय नवीन भट्टराई घाइते भएको छन्।

घाइतेहरुको अवस्था मध्यम र सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ। माईक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।  

प्रकाशित: १६ असार २०८१ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App