२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा

पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाए पनि गोलकिपर डिएगो कोस्टा नायक बनेपछि पोर्चुगल क्वाटरफाइनलमा पुगेको हो।

पोर्चुगलले स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० ले हराएर युरो २०२४ को क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो।

निर्धारित र थप ३० मिनेटको खेल गोलहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जहाँ पोर्चुगलका किपर नायक बन्दै तीन पेनाल्टी बचाए।

त्यसअघि नै अतरिक्त समयमा पोर्चुगलले पेनाल्टी पाएको थियो। तर, क्रिस्टियानो रोनाल्डोको पेनाल्टी प्रहार स्लोभेनियाका गोलकिपर जान ओबलाकले बचाएका थिए।

प्रकाशित: १८ असार २०८१ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App